शनिबार २३ जेष्ठ, २०८३ (Saturday June 06, 2026)

गठबन्धनबाट बाहिरिने जसपाको चेतावनी

शनिबार २६ चैत्र, २०७८ विचारवाटिका 2076


गठबन्धनबाट बाहिरिने जसपाको चेतावनी

चैत २६, सुदूरपश्चिम प्रदेश सरकार पुर्नगठन गरेको प्रति जनता समाजवादी पार्टी (जसपा)ले असन्तु्ष्टि जनाएको छ ।
 सत्तारुढ गठबन्धनमा आवद्ध भएपनि प्रदेश सरकारको  पुनर्गठनका क्रममा आफूहरुलाई वास्ता नगरेको भन्दै जसपाले आपत्ति जनाएको छ ।

अन्य दलले अपमान गरेको र केन्द्रीय सहमतिअनुसार अगाडि नबढेको भन्दै जसपाले गठबन्धनबाट बाहिरिने चेतावनी दिएको छ ।

कुनै जानकारी नदिएर कांग्रेसलाई प्रदेश सरकारमा सहभागी गराएकोमा हाम्रो पार्टीको अपमान गरिएको महसुस भएको जसपाका प्रदेश समिति अध्यक्ष कृष्णकुमार चौधरीले बताए । धनगढीमा आयोजित पत्रकार सम्मेलनमा चौधरीले भने, ‘केन्द्रीय सहमतिअनुसार अगाडि बढेको खण्डमा मात्र सहमति हुनसक्छ । अन्यथा हामी गठबन्धनमा बस्दैनौँ ।’


 




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु