शनिबार २० भाद्र, २०८३ (Saturday September 05, 2026)

अगुवा कार्यकर्ताहरूलाई अभिमुखीकरण तथा प्रशिक्षण कार्यक्रम सम्पन्न 

आईतवार १३ चैत्र, २०७८ विचारवाटिका 2874


अगुवा कार्यकर्ताहरूलाई अभिमुखीकरण तथा प्रशिक्षण कार्यक्रम सम्पन्न 

  चैत १३ काठमाडौं ,नेकपा एमाले रामेछाप –काठमाडौं सम्पर्क  मञ्च द्वारा आयोजित अभिमुखीकरण तथा प्रशिक्षण कार्यक्रम  सम्पन्न भएको छ ।


 नेकपा एमालेका केन्द्रीय अनुशासन आयोगका अध्यक्ष केशब बडाल प्रमुख अतिथि तथा प्रशिक्षक साथै  स्थायी कमिटी सदस्य ,सम्पर्क समन्वय कमिटीको इन्चार्ज लालबाबु पण्डित विषेश अतिथि तथा प्रशिक्षक रहनु भएको थियो भने अतिथि हरूमा केन्द्रीय सम्पर्क समन्वय कमिटीको संयोजक श्याम कुमार बस्नेत ,वागमती प्रदेश सम्पर्क कमिटीको अध्यक्ष अशोक ठकुरी ,वागमती प्रदेश कमिटीको सदस्य लव कुमार श्रेष्ठ ,गोपाल श्रेष्ठ लगायतका नेताहरू,बागमती प्रदेश सम्पर्क कमिटीको सदस्य टेक बहादुर श्रेष्ठ लगायतका नेताहरू,रामेछाप जिल्ला कमिटीको सदस्य हरू अतिथि रहनु भयको थियो ।


  रामेछाप –काठमाडौं सम्पर्क मञ्चको अध्यक्ष राकेश श्रेष्ठको अध्यक्षतामा आयोजना गरियको अभिमुखीकरण तथा प्रशिक्षण कार्यक्रम लाई मञ्चका सचिव रविन्द्र भण्डारीले सञ्चालन गर्नुभयको थियो ।

  सम्पर्क मञ्चले मञ्चको पदाधिकारी तथा सदस्यहरू,पालिका सम्पर्क मञ्चको पदाधिकारीहरू,वडा सम्पर्क मञ्चको पदाधिकारीहरू तथा जिल्लाका अगुवा कार्यकर्ता हरूलाई  प्रशिक्षित गराउन सम्पर्क मञ्चले पहिलो कार्यक्रमनै अभिमुखीकरण तथा प्रशिक्षण कार्यक्रमको आयोजना गरेको मञ्चका उपाध्यक्ष दिवस कार्कीले बताउनु भयो ।

 




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु