मंगलवार २४ फाल्गुन, २०७८
नागार्जुन नगरपालिकाका बासिन्दाहरुको माग साथै उपचार मा आउने बिरामीको आग्रहलाई मध्य नजर राख्दै २०७८ फाल्गुण २३ गते सोमबार शुभेक्षा ईन्टरनेशनल हस्पिटल, सीतापाईला मा डायलाईसिस सेवाको सुभारम्भ भएको छ।

डायलाईसिस सेवाको समुद्घघाटन यस नागार्जुन नगरपालिकाका मेयर श्री माेहन बहादुर बस्नेतज्यूको बाहुली रिबन काटेर बाट सु-सम्पन्न गरियो ।

यहाँहरुको सेवा नै हाम्रो खुशी,यहाँहरुको मुस्कान नै आत्म सन्तुस्टी भन्ने मुल मन्त्रलाई हृदयङगम गर्दै बिरामी,स्थानीय बासिन्दा , अस्पताल परिवार सबैलाई खुशीको समाचार भएकोले धन्यवाद बाट प्रमुख कार्यकारी अधिकृत डा होम प्रसाद अधिकारी द्वारा कार्यक्रमको सुरुवात गर्नु भएको थियो।

त्यस्तै स्वागत तथा बधाई दिनु हुदै मेडिकल डिरेक्टर डा दीपक सुन्दर श्रेष्ठले अब डायलाईसिस सेवा लिन टाढा टाढा जानू नपर्ने र बिरामीलाई शुभेक्षा हस्पिटल मा सेवा सुचारु भै सकेकोले २४ सै घन्टा गुणस्तरीय सेवा प्रदान गर्ने र जरुरत परेमा शुभेक्षालाई सम्झनुहुन आग्रह समेत गर्नु भयो ।
त्यस्तै कार्यक्रममा उपस्थित हुनु भएका सीतापाईला सहकारीका अध्यक्ष केदार मानन्धर ज्यु ले २० बर्ष अगाडि परिकल्पना गरेको भवनमा बिस्तार भएको सेवाले खुशीको अनुभव गराएको र आफू नजिकै भएकोले पनि सधै यहि अस्पताल उपचार गर्न आएको अनुभवको किस्सा पनि सुनाउनु भयो।
त्यस्तै सिद्दार्थ बैकका सम्पर्क प्रबन्धक ज्यु ले थप सेवा बिस्तारको लागि बधाई दिनु भयो । यसै बिचमा उपस्थित पाहुनालाई डायलाईसिस वार्ड को सुभारम्भ भ्रमण पनि गराईएको थियो।
अन्तमा, हस्पिटलका बिभाग प्रमुख ज्यु हरु,मिडियाका प्रतिनिधि ज्यु हरु, सेवाग्राही लगायत सम्पुर्ण पाहुनाहरुलाई उपस्थितिको लागि आभार प्रकट गर्दै कार्यक्रमको समापन गरिएको थियो।
समाचार स्रोत/तस्विर:पदमकुमार श्रेष्ठ