शनिबार २३ जेष्ठ, २०८३ (Saturday June 06, 2026)

लोक गायक तथा चर्रित कलाकार जयनन्द लामाको निधन

बुधबार ११ फाल्गुन, २०७८ विचारवाटिका 2260


लोक गायक तथा चर्रित कलाकार जयनन्द लामाको निधन

फागुन ११ काठमाडौं, लोक गायक तथा चर्रित कलाकार जयनन्द लामाको निधन भएको छ । मरिचमान श्रेष्ठ (बल्छी धुर्बे)ले लामाको निधन भएको जानकारी गराएको छ  ।

उनका अनुसार आज बिहान मध्यपुरथिमी नगरपालिका लोकन्थलीस्थित घरको गेटमा गाडीबाट लडेको अवस्थामा उनी मृत फेला परेका थिए ।

महानगरीय प्रहरी परिसर, भक्तपुरका सूचना अधिकारी डिएसपी राजु पाण्डेका अनुसार उनी बैठकमा सहभागी हुन भन्दै मंगलबार बेलुकी ७ बजे काठमाडौंको बौद्ध गएका थिए । आज बिहान ७ बजे मारुती सुजुकी कारमा खुट्टा गाडीमा र शरीर घोप्टो परी टाउको भुइँमा जोतिएको अवस्थामा घरको गेटमा लामा मृत फेला परेका थिए ।

डिएसपी पाण्डेले घटनाको थप अनुसन्धान भइरहेको बताए ।


 




मतहरू

estuack

ivermectin for goats levitra allergie


यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु