शुक्रबार ९ पुष, २०७८
पुष ९, भक्तपुर । नेप्सेम्याकले फोहोरबाट कम्पोष्ट मल बनाउने प्लान्ट उद्घाटन गरेको छ ।
भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं. १० मा नेप्सेम्याकले कम्पोष्ट प्लान्ट शुक्रबार उद्घाटन गरेको हो । नगरपालिका उपप्रमुख जुना बस्नेत तथा जिल्ला समन्वय समितिका उपप्रमुख सरिता कुँवरले संयुक्त रुपमा उक्त प्लान्टका उद्घाटन गर्नुभएको छ ।

जिल्लाबाट संकलित फोहोरलाई व्यवस्थापन गर्दै कुहिने फोहोरबाट कम्पोष्ट मल उत्पादन हुने आयोजकले बताए ।
२०५४ सालमा विधिवत रुपमा स्थापना भएको उक्त संस्थाले २०६६ सालदेखी प्रालीको रुपमा दर्ता भई काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रेलगायतका जिल्लाहरुमा फोहोर व्यवस्थापन गरिरहेको छ । दिगो, प्रभावकारी तथा स्थायीत्वलाई उच्च प्राथमिकता दिई वातावरण प्रदुषणलाई नियन्त्रण गर्न विशेष भूमिका निर्वाह गर्दै आएको छ ।
विकास निर्माणको साथ साथै फाहोर व्यवस्थापन अपरिहार्य भएको उपप्रमुख बस्नेतले बताए । मानिसको जीवन जिउन वातावरण स्वच्छता अनिवार्य रहेको औंल्याउँदै उहाँले नगरपालिकाले समेत १० वटै वडाहरुलाई सुन्दर बनाउने अभियान सञ्चालन गरेकोले नेप्सेम्याकसँग सहकार्य गरी अगाडी बढ्न सकिने धारणा राख्नुभएको छ ।
जिल्ला समन्वय उपप्रमुख कुँवरले जिल्लाका चार वटा स्थानीय तहमध्ये तीन वटाले आफै फोहोर व्यवस्थापन गर्न सक्षम बनेको उल्लेख गर्नुभयो । प्रदेश तथा संघ सरकारको मुख ताक्ुपर्ने अवस्थाको अन्त्य गर्दै तीन वटा स्थानीय तहले सफा सहर, सभ्य नागरिक र स्वस्थ समाज निर्माण गर्नमा नेप्सेम्याकको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै विशेष आभार प्रकट गर्नुभयो । अतिथि वक्ताहरुले नेप्सेम्याकले फोहोरलाई मोहर बनाउने अभियानका साथ साथै सयौंलाई रोजगारीको वातावरण समेत बनाउदै लगेको धारणा राखेका थिए ।

नेप्सेम्याक भक्तपुरका शाखा प्रवन्धक बाबुराम चौंलागाईको अध्यक्षतामा भएको कार्यक्रममा वडा नं. १० का वडाध्यक्ष रिवराम राउत, वडा नं. ७ का वडाध्यक्ष रविन्द्र सापकोटा, वडा नं. १ का वडाध्यक्ष सानुकाजी कायस्थ, नेपाली कांग्रेस सूर्यविनायक नगर सभापति निशान ढुंगेल, फोहोर मैला व्यवस्थापन संघ नेपालका अध्यक्ष धनप्रसाद आचार्य, टिकाराम दाहाल, सूनपाका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्रप्रसाद कँडेल, वनेपा वडा नं. १३ का वडाध्यक्ष सूर्यनाथ नापुलगायतले शुभकामना मन्तव्य राख्नुभयो ।
तस्बिर :- मीन बहादुर श्रेष्ठ (बिष्णु)
clomid test
Duncan R, Bone I, Melville ID clomid 50mg for female We have a great system in place where right before every infusion, we see patients for screening exams