मंगलवार १२ आश्विन, २०७८
असोज १२, काठमाडौं । आइसोलेशन सेन्टरबाट लागूऔषधका अभियुक्त फरार भएका छन् ।
महानगरीय प्रहरी वृत थानकोटबाट पक्राउ परेका १९ वर्षीय राहुल तामाङ आज कीर्तिपुरको कोभिड आइसोलेशन सेन्टरबाट फरार भएका हुन् ।
कीर्तिपुरका डिएसपी ठाकुर पोखरेलले भने, ‘शौचालय गएका अभियुक्त फरार भएका छन ्। हामीले उनको खोजी गरिरहेका छौं ।’