सोमबार २२ भाद्र, २०८३ (Monday September 07, 2026)

हलेसी मन्दिर खुलाउने डिसीसिएमसीको निर्णय

मंगलवार २९ भाद्र, २०७८ विचारवाटिका 1853


हलेसी मन्दिर खुलाउने डिसीसिएमसीको निर्णय

भदौ २९, चार महिनादेखि बन्द गरिएको त्रिधार्मिकधाम हलेसी मन्दिर कोरोना सङ्क्रमित घटेपछि सोमबारदेखि खुल्ला  गरिइएको छ । जिल्लामा कोभिड–१९ को सङ्क्रमणदर घट्दै गएको तथा सक्रिय सङ्क्रमितको सङ्ख्यासमेत न्यून रहेको पाइएपछि जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र (डिसीसिएमसी)को आइतबार बसेको बैठकले मन्दिर खोल्ने निर्णय गरेको थियो ।

गत बैशाख १५ गतेदेखि बन्द मन्दिर स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरेर मात्र पूजाआजा गर्न मिल्ने गरी खुल्ला गरिएको हलेसी विकास समितिका कार्यकारी निर्देशक समरबहादुर भुजेलले जानकारी दिएका छन् ।  महामारी फैलिन थालेसँगै दैनिक बिहान र बेलुका हुँदै आएको नित्य÷नैनित्य पूजालाई मात्र निरन्तरता दिने गरी बन्द गरिएको थियो । बिहान र बेलुकाको नित्य÷नैनित्य पूजाका क्रममा पुजारी र बाजा बजाउने नगर्चीलाई मात्र हलेसी मन्दिर प्रवेश गर्न अनुमति दिइएको थियो ।


ताला लगाएका अवस्थामा हलेसी दर्शनमा आएका दर्शनार्थी एवं तीर्थयात्रीले ढोका बाहिरबाटै दर्शन र पूजाआजा गर्ने व्यवस्था मिलाइएको थियो । कोरोना भाइरस नियन्त्रण तथा रोकथाममा सहयोग पु¥याउने उद्देश्यले हलेसी प्रवेशमा रोक लगाइएको यो दोस्रोपटक भएको हलेसी विकास समितिले जनाएको छ ।

हलेसीसँगै जिल्लाका सबै मठमन्दिर, शक्तिपीठ, मस्जिद, गुम्बा र चर्चलगायतमा दैनिकरूपमा गरिने नित्य÷नैनित्य पूजा, प्रार्थनासहित पूजा, प्रार्थना, भजनकीर्तन, कलशयात्रा, बलिपूजाजस्ता धार्मिक कार्य खुला गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माले जानकारी दिए । “सबै क्षेत्रमा अनिवार्य स्वास्थ्य सुरक्षा मापदण्ड लागू गर्ने निर्णय गरिएको छ”, उनले भने, “स्वास्थ्य सुरक्षा मापदण्ड कार्यान्वयन भए÷नभएको विषयमा आनुगमन गर्न प्रहरी परिचालन गरिएको छ ।”


 




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु