सोमबार ११ श्रावण, २०७८
श्रावण ११, काठमाडौं । जेलमा रहेका जसपाका नेता रेशम चौधरी निर्वाचन आयोगमै उपस्थित भएर हेड–काउन्टमा सहभागी हुने भएका छन् ।
यसअघि उनको हस्ताक्षर जेलबाटै लिने तयारी भए पनि चौधरीले त्यसलाई आयोगमै उपस्थित हुने अडान लिएका थिए । त्यसपछि आयोगले दोस्रो पत्र पठाएर चौधरीलाई उपस्थित गराइदिन कारागार प्रशासनलाई आग्रह गरेको हो ।
जेलर बसन्त पुरीले आयोगलाई निर्वाचन आयोगबाट दोस्रो पत्र प्राप्त भएको जानकारी दिए । उनले भने, ‘आयोगमा पठाउन अब कारागार व्यवस्थापन विभागको अनुमति चाहिने भएकाले त्यसको लागि समन्वय गरिरहेका छौं ।’
हालसम्म उपेन्द्र यादवको पक्षमा ३४ र ठाकुर पक्षमा १६ जनाले हस्ताक्षर गरेका छन् । चौधरीले कसको पक्षमा हस्ताक्षर गर्छन् भन्ने एकीन भएको छैन ।