आईतवार ६ जेष्ठ, २०८१ (Sunday May 19, 2024)

बामदेवको माग– ओलीले राजीनामा देऊ

बुधबार १२ फाल्गुन, २०७७ bicharbatika 1795


बामदेवको माग– ओलीले राजीनामा देऊ


१२ फागुन, काठमाडौं । 
नेकपाका उपाध्यक्ष बामदेव गौतमले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई तत्काल पार्टी सचिवालयको बैठक बोलाउन माग गरेका छन् ।
संसद विघटन बदर भएपछिको परिस्थितिबारे छलफल गर्न गौतमले बैठक बोलाउन माग गरेका हुन् ।
गौतमले आज सार्वजनिक गरेको प्रेस विज्ञप्तिमा  ‘नेपाल कम्युनिष्ट पार्टी नेकपा को उपाध्यक्षको हैसियतले म दुवै अध्यक्ष क केपी शर्मा ओली र क।प्रचण्डसँग तुरुन्तै सचिवालय बैठक धुम्वाराहीस्थित पार्टीको केन्द्रीय कार्यालयमा बोलाउन अनुरोध गर्छु ।’लेखिएको छ।

गौतमले राष्ट्रपति विद्यादेवी भण्डारीलाई सर्वोच्च अदालतको फैसलालाई स्वागत गर्दै प्रतिनिधि सभा अधिवेशन आह्वान गर्न र प्रधानमन्त्री केपी शर्मा ओलीलाई ढिला नगरी पदबाट राजीनामा दिन पनि सुझाव दिएका छन् ।
 संसद विघटन बदर भएको दिनलाई उनले निरंकुशता, स्वेच्छाचारीता, अराजकता र दुराचारीताको पराजय तथा संविधान, कानुन, लोकतन्त्र र जनताको सर्वभौमिकताले पुनर्विजय प्राप्त गरेको ऐतिहासिक दिनको रुपमा समेत उल्लेख गरेका छन् ।




मतहरू

baccaratsite

I've been troubled for several days with this topic. baccaratsite, But by chance looking at your post solved my problem! I will leave my blog, so when would you like to visit it?

Arrorus

Antibiotic Treatments for Urinary Tract Infections Are Commonly Prescribed To Pregnant Women propecia results photos


यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु