आईतवार २५ आश्विन, २०८३ (Sunday October 11, 2026)

फास्ट फुड एसोसिएसन नेपालको २१औँ साधारणसभा सम्पन्न, महासचिव श्रेष्ठद्वारा धन्यवाद व्यक्त

शनिबार २४ आश्विन, २०८३ Bichar Batika 1087


फास्ट फुड एसोसिएसन नेपालको २१औँ साधारणसभा सम्पन्न, महासचिव श्रेष्ठद्वारा धन्यवाद व्यक्त

असाेज २४ काठमाडौं । फास्ट फुड एसोसिएसन नेपाल (फास्ट फ्यान) को २१औँ साधारणसभा तथा शुभकामना आदान–प्रदान कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।
कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाको उपस्थिति रहेको थियो।

कार्यक्रममा संस्थापक अध्यक्ष, पूर्वअध्यक्षहरू, सल्लाहकारहरू, पूर्व तथा वर्तमान कार्यसमितिका पदाधिकारी एवम् सदस्यहरू, जिल्ला प्रतिनिधिहरू, संस्थाका सदस्यहरू, पत्रकार तथा विभिन्न कम्पनीका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
कार्यक्रम सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग पुर्‍याउने सम्पूर्णप्रति संस्थाका महासचिव राकेश श्रेष्ठले हार्दिक धन्यवाद तथा कृतज्ञता व्यक्त गरेका छन्।
श्रेष्ठले कार्यक्रमको सफलतामा योगदान पुर्‍याउने मुख्यमन्त्री थापा, संस्थापक अध्यक्ष, पूर्वअध्यक्षहरू, सल्लाहकारहरू, पूर्व तथा वर्तमान कार्यसमितिका पदाधिकारी एवं सदस्यहरू, जिल्ला प्रतिनिधिहरू, सम्पूर्ण सदस्यहरू, पत्रकार मित्रहरू तथा विभिन्न कम्पनीका प्रतिनिधिहरूप्रति आभार व्यक्त गर्दै कार्यक्रममा व्यावसायिक उत्प्रेरणा तालिम सहजीकरण गरी सहयोग पुर्‍याउने गोर्खा ब्रुअरी प्रा.लि.को सम्पूर्ण टोलीलाई समेत श्रेष्ठले  विशेष धन्यवाद दिएका छन्।

संस्थाको २१औँ साधारणसभा तथा शुभकामना आदान–प्रदान कार्यक्रमलाई सफल बनाउन विभिन्न क्षेत्रबाट प्राप्त सहयोग, सहभागिता र सद्भावप्रति आभार व्यक्त गर्दै महासचिव श्रेष्ठले आगामी दिनमा पनि संस्थाका गतिविधि र कार्यक्रमहरूमा सबैको निरन्तर साथ, सहयोग र सहकार्य रहने विश्वास व्यक्त गरेका छन्।

 तस्बिर :- राकेश श्रेष्ठ ,




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु