शनिबार १६ श्रावण, २०८३ (Saturday August 01, 2026)

ज्ञान, संस्कार र गुरु–शिष्य परम्पराको पर्व आज गुरु पूर्णिमा ।

बुधबार १३ श्रावण, २०८३ Bichar Batika 1194


ज्ञान, संस्कार र गुरु–शिष्य परम्पराको पर्व आज गुरु पूर्णिमा ।

साउन १३ काठमाडौं ,आज देशभर श्रद्धा, सम्मान र भक्तिभावका साथ गुरु पूर्णिमा पर्व मनाइँदै छ, हरेक वर्ष आषाढ शुक्ल पूर्णिमाका दिन मनाइने यो पर्व गुरुजनप्रति सम्मान व्यक्त गर्ने, ज्ञानको महत्त्व सम्झने तथा गुरु–शिष्य परम्परालाई जीवन्त बनाउने विशेष अवसरका रूपमा लिइन्छ।
गुरु पूर्णिमाको अवसरमा विद्यार्थीहरूले आफ्ना शिक्षक तथा गुरुजनलाई सम्मान गर्ने, आशिर्वाद लिने, मठ–मन्दिर तथा गुम्बाहरूमा विशेष पूजा–आराधना गर्ने परम्परा रहेको छ,विभिन्न शैक्षिक संस्था, धार्मिक स्थल तथा सामाजिक संघ–संस्थाहरूले पनि गुरुको योगदानको सम्मान गर्दै विशेष कार्यक्रम आयोजना गरेका छन्।

नेपालको पूर्वीय दर्शनमा गुरु केवल शिक्षण गर्ने व्यक्ति मात्र नभई सही मार्ग देखाउने, नैतिकता, अनुशासन, संस्कार र जीवनोपयोगी ज्ञान प्रदान गर्ने प्रेरणाका स्रोत मानिन्छ,बदलिँदो समयसँगै आधुनिक शिक्षाको विकास भए पनि गुरु–शिष्य सम्बन्धको महत्त्व अझै उत्तिकै सान्दर्भिक रहेको शिक्षाविद्हरूको भनाइ छ।
यस अवसरमा विभिन्न व्यक्तित्व, संघ–संस्था तथा सरकारी निकायहरूले शुभकामना सन्देश जारी गर्दै गुरुजनप्रति कृतज्ञता व्यक्त गरेका छन्, गुरु पूर्णिमाले समाजमा ज्ञान, विवेक, अनुशासन, सदाचार र सकारात्मक सोचको विकास गर्न प्रेरणा दिने विश्वास गरिएको छ।




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु