बुधबार १३ जेष्ठ, २०८३
जेष्ठ १३ ललितपुर , फास्टफुड एसाेसिएशन नेपालको २२ औँ स्थापना दिवस तथा वनभोज कार्यक्रम आज जेष्ठ १३ गते गोदावरी भिलेज रिसोर्ट, ललितपुरमा भव्य तथा सभ्य रूपमा सम्पन्न भएको छ।

कार्यक्रम होमराज श्रेष्ठकाे अध्यक्षतामा, उप–महासचिव तथा कार्यक्रम संयोजक भिम प्रसाद आरणकाे संयोजकत्व तथा सह–संयोजक केन्द्रीय सदस्य महेन्द्र कुमार श्रेष्ठ सहितको व्यवस्थापनमा सफलतापूर्वक सम्पन्न भएको थियाे ।
कार्यक्रममा कलाकारहरूको विभिन्न सांस्कृतिक प्रस्तुति, मनोरञ्जनात्मक गतिविधि, फोटो सेसन तथा स्विमिङ लगायतका आकर्षक कार्यक्रमहरूले समेत बनभाेज कार्यक्रमलाई थप मनाेरञ्जन गराएकाे थियो।

कार्यक्रममा राष्ट्रिय तथाअन्तर्राष्ट्रिय कम्पनीहरू, साझेदार तथा हातेमालो संस्थाका प्रतिनिधिहरू, निवर्तमान अध्यक्ष, संस्थापक अध्यक्ष, पूर्व अध्यक्षहरू, सल्लाहकारहरू, कार्यसमिति सदस्यहरू, काठमाडौं, ललितपुर तथा भक्तपुर जिल्ला अध्यक्ष लगायत पदाधिकारी सदस्यहरू पूर्व कार्यसमिति तथा सम्पूर्ण सदस्यहरूकाे उल्लेखनीय सहभागिता रहेको फास्टफुड एसाेसिएशनका महासचिव राकेश श्रेष्ठले जानकारी गराउनु भयाे ।

महासचिव श्रेष्ठका अनुसार कार्यक्रमले संस्था तथा व्यवसायीहरूबीच आपसी सद्भाव, एकता, सहकार्य तथा संगठनात्मक सम्बन्धलाई अझ मजबुत बनाएको विश्वास लिइएको छ।
