शनिबार २३ जेष्ठ, २०८३ (Saturday June 06, 2026)

अस्ट्रेलियालाई १–० ले पराजित गर्दै एएफसी महिला एसियन कप फुटबलको उपाधि जापानले जित्न सफल ।

आईतवार ८ चैत्र, २०८२ Bichar Batika 1157


अस्ट्रेलियालाई १–० ले पराजित गर्दै एएफसी महिला एसियन कप फुटबलको उपाधि जापानले जित्न सफल ।

चैत ८ काठमाडौं ,  हिजो अस्ट्रेलियाको सिड्नीमा भएको फाइनल खेलमा  अस्ट्रेलियालाई १–० ले पराजित गर्दै एएफसी महिला एसियन कप फुटबलको उपाधि जापानले जित्न सफल भएकाे छ ।
जापानको जितमा माइका हमानोले पहिलो हाफमै गरेको गोलनै  निर्णायक बनेकाे थियाे , हमानाेले खेलको १७ औँ मिनेटमा गोल गरेकाे थिइन, खेलको अन्तिम १० मिनेटमा अस्ट्रेलियाले बराबरी गोलका लागि निरन्तर दबाब बनाए पनि सफल हुन सकेन ।
जापानले सन् २०१४र २०१८ मा पनि फाइनल खेलमा  अस्ट्रेलियालाई हराउँदै उपाधि जितेको थियो ,पछिल्ला चार संस्करणमध्ये तीन पटक उपाधि जित्दै जापानले एशियाली महिला फुटबलमा आफ्नो प्रभाव जमाएको छ ।
सन् २०१० पछि उपाधि जित्ने प्रयासमा रहेको अस्ट्रेलिया यसपटक पनि  असफल रह्यो ,प्रतियोगिताबाट शीर्ष ६ टोली आउँदो वर्ष ब्राजिलमा हुने फिफा महिला विश्वकपका लागि छनोट भएका छन् , १२ टोली सहभागी प्रतियोगितामा इरान महिला राष्ट्रिय फुटबल टोलीको सहभागिताले पनि अन्तर्राष्ट्रिय ध्यान केन्द्रीकृत भएकाे  थियो ।




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु