सोमबार २६ माघ, २०८२ (Monday February 09, 2026)

सुनकाे मूल्य लगातार ओरालाे लाग्दै हिजोको मूल्यमा आज १३ हजार ४ सयले घट्यो ।

सोमबार १९ माघ, २०८२ Bichar Batika 1220


सुनकाे मूल्य लगातार ओरालाे लाग्दै हिजोको मूल्यमा आज १३ हजार ४ सयले घट्यो  ।

माघ १९ काठमाडौँ,  स्थानीय बजारमा सुनको मूल्य लगातार ओरालो लाग्दै गएकाे छ, हिजाे आइतबार प्रतितोला रु तीन लाखमा कारोबार भएको सुनको मूल्य आज  प्रतितोला रु १३ हजार ४ सय ले घटेर  रु दुई लाख ८६ हजार ६०० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 
महासंघका  अनुसार आज चाँदीको मूल्य पनि हिजाे आइतबार प्रतितोला रु पाँच हजार ५ सयमा कारोबार भएको चाँदी आज घटेर  रु पाँच हजार दुई सयमा कारोबार भइरहेको छ । 
 माघ १५ गते सुनको मूल्य हालसम्मकै उच्च प्रतितोला रु तीन लाख ३९ हजार ३०० पुगेको सुनको मूल्य तीन दिनमै  तोलामा रु ५२ हजार ७ सय  ले घटेको  महासंघले जनाएकाे छ ।




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु