आईतवार ३१ जेष्ठ, २०८३ (Sunday June 14, 2026)

जेष्ठ नागरिकहरू लाई काठमाडौं महानगरपालिकाले आज बाट घरमै आधारभूत स्वास्थ्य सेवा दिदै ।

आईतवार १८ माघ, २०८२ Bichar Batika 1217


जेष्ठ नागरिकहरू लाई काठमाडौं महानगरपालिकाले आज बाट घरमै आधारभूत स्वास्थ्य सेवा दिदै ।

माघ १८ काठमाडौं ,काठमाडौं महानगरपालिका कार्यवाहक प्रमुख  सुनिता डंगोलले ७० वर्षभन्दा माथिका जेष्ठ नागरिकका लागि स्वस्थ्य सेवा अस्पतालमा सीमित नरहने बताउनु हुँदै आजबाट घरमै पुगेर आधारभूत स्वास्थ्य सेवा तथा परीक्षण गर्नुकाे साथै  जटिल विरामीलाई अस्पतालसम्म लैजाने काममा समेत महानगरले सहजीकरण गर्ने बताउनु भएकाे छ ।
कार्यवाहक प्रमुख डंगाेलले  वक्तव्यमा असक्त हुँदा महानगरपालिकाको सेवा, जेष्ठ नागरिकलाई घरमै आधारभूत स्वास्थ्य सेवा भन्ने नाराका साथ, स्वास्थ्य सेवा अस्पतालमै सीमित रहने छैन ,७० वर्षभन्दा माथिका अभिभावकहरूका लागि घरमै आधारभूत स्वास्थ्य सेवा काठमाडौं महानगरपालिकाले आजबाट शुरु गर्दैछ , स्वास्थ्य सर्वेक्षणदेखि स्वास्थ्य प्रवर्द्धनसम्मको सहजीकरण, नियमित परीक्षण, आवश्यक औषधि, परामर्शदेखि जटिल अवस्थामा अस्पतालसम्मको सहजीकरण-सबै सेवा घरदैलोमै पुगेर गर्ने बताउनु भएकाे छ ।

 




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु