सोमबार २६ माघ, २०८२ (Monday February 09, 2026)

नेपाल एग्रिटेक प्रदर्शनीमा किसान ,उद्यमी लगानी कर्ताहरूकाे बढ्दाे आकर्ष ।

शनिबार ३ माघ, २०८२ Bichar Batika 1196


नेपाल एग्रिटेक प्रदर्शनीमा किसान ,उद्यमी  लगानी कर्ताहरूकाे बढ्दाे आकर्ष ।

माघ ३ भरतपुर ,कृषि क्षेत्रको आधुनिकीकरण, तथा नवीन प्रविधिको प्रवन्धन गर्ने उद्देश्यसहित आयोजना भैरहेकाे ‘नेपाल एग्रिटेक इन्टरनेशनल एक्स्पो’ प्रति देशभरका कृषि उद्यमी, किसान, सरोकार निकाय, तथा व्यवसायिक प्रतिष्ठानहरूको उल्लेखनीय चासो देखिएको छ ।

आयोजक मिडिया स्पेस सोलुसन्स प्रा.लि. र  फ्युचरेक्स ट्रेड फेयर एण्ड इभेन्ट्स प्रा.लि. द्वारा आयाेजीत चितवन एक्स्पो सेन्टरमा माघ २ देखि आयोजना भैरहेको उक्त अन्तर्राष्ट्रिय प्रदर्शनी भाेली अर्थात माघ ४ गते सम्म रहने छ, प्रदर्शनीमा विभिन्न सेक्रेटका व्यक्तिहरूकाे उल्लेखनीय उपस्थिति रहेकाे आयाेजक संस्थाहरूले बताएका छन् ।

प्रदर्शनीमा एक्स्पोमा नेपाल, भारत, चीनलगायत विभिन्न देशका कृषि प्रविधि, डेरी, पशुपालन, कृषि औजार, बीउ–बिजन, मल, किटनाशक, फुड प्रोसेसिङ, कृषि यन्त्र, पशु स्वास्थ्य सेवा तथा वित्तीय समाधान प्रदान गर्ने कम्पनीहरूको सहभागिता रहेकाे र यसले किसान र व्यवसायीलाई एकै थलोमा आधुनिक प्रविधि अवलोकन तथा प्रत्यक्ष जानकारी लिने अवसर मिलेकाे आयाेजक संस्थाहरूकाे दाबी छ ।
यो एक्स्पो केवल प्रदर्शनी मात्र नभई कृषि क्षेत्रमा लगानी, प्रविधि हस्तान्तरण र व्यवसायिक सहकार्यका लागि प्रभावकारी प्लेटफर्म समेत रहेकाे र विशेषगरी व्यावसायिक कृषक, एग्रो–उद्यमी, सहकारी, अनुसन्धानकर्ता तथा विद्यार्थीहरूकाे लागि यसले व्यवहारिक ज्ञान र नेटवर्किङको अवसर प्रदान गर्ने छ , आधुनिक कृषि औजारदेखि लिएर ठूला मेसिनरीसम्मको प्रत्यक्ष प्रदर्शन, डेमो तथा परामर्श सेवामार्फत नेपालको कृषि क्षेत्रलाई अझ उत्पादनमुखी र आत्मनिर्भर बनाउने दिशामा एक्स्पोले योगदान पुर्याएकाे  आयोजकको विश्वास  रहेकाे छ ।

यस अन्तराष्ट्रिय प्रदर्शनीमा प्रवन्धनकाे  भूमिकामा नेपाल सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालय, राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम रहेको छ भने सहयोगी संस्थाको भूमिकामा राष्ट्रिय दुग्ध विकास बोर्ड, नेपाल कृषि सहकारी केन्द्रीय संघ लि., राष्ट्रिय कृषक समूह महासंघ–नेपाल, गाउँपालिका राष्ट्रिय महासंघ–नेपाल, नेपाल पोल्ट्री महासंघ, च्याउ उत्पादक किसान संघ–नेपाल, कृषि तथा वन विज्ञान विश्वविद्यालय, र चितवन उद्योग संघ रहेका छन् । 




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु