आईतवार ३० कार्तिक, २०८२
कात्तिक ३० रामेछाप , नेकपा ( एमाले ) पार्टी केन्द्रकाे निर्णय बमोजिम अधिराज्यभर सबै जिल्ला जिल्लामा शान्तिपूर्ण विराेध र्याली गर्ने निर्देश बमाेजिम रामेछाप जिल्ला कमिटीले आयाेजना गरेकाे बिराेध र्याली तथा जनसभामा हजारौंको उपस्थितिमा भव्य रूपमा सम्पन्न भएकाे थियाे ।

भदौ २३ र २४ का घटनाको सत्यतथ्य छानबिन र संसद पुनस्थापनाको मागसहित एमाले रामेछापको पार्टी कार्यालयबाट सुरु भएको र्याली मदन–आश्रित चोक हुँदै देवकोटा चोकमा पुगेर कोणसभामा परिणत भएको थियो, काेणसभालाई पोलिट्ब्युरो सदस्य कमल प्रसाद चौलागाईं, केन्द्रिय सदस्य गिता कार्की, प्रदेश सभा सदस्य आनन्द कुमार श्रेष्ठ,रामेछाप जिल्ला अध्यक्ष पुरुषोत्तम कडरिया र विद्यार्थी नेता शुशिल थापाले सम्बोधन गरेका थिए।


र्यालीमा सहभागी हुन रामेछापको आठै पालिका बाट नेता कार्यकर्ता तथा नेकपा ( एमाले ) काे शुभचिन्तकहरू र रामेछाप - काठमाडौं सम्पर्क मञ्च मातहतका नेता तथा कार्यकर्ताहरू पनि व्यापक सहभागी रहेकाे थियाे ।