आईतवार २१ भाद्र, २०८३ (Sunday September 06, 2026)

एमालेकाे पाेलिटब्यूराे बैठक सुझाव सहित पार्टीको कार्ययोजना पारित गर्दै सम्पन्न ।

बिहीबार २० भाद्र, २०८१ विचारवाटिका 2103


एमालेकाे पाेलिटब्यूराे बैठक सुझाव सहित पार्टीको कार्ययोजना पारित गर्दै सम्पन्न ।

भदौ २० ललितपुर , नेकपा(एमाले ) काे केन्द्रीय कार्यालय च्यासलमा बसेकाे पाेलिटब्यूराे बैठकले पार्टीको कार्ययोजना लाई सुझाव सहित पारित गर्दै पुन सचिवालयको बैठकले अन्तिम टुङ्गो लगाउने सहमति गर्दै सम्पन्न भएकाे एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गाैतमले जानकारी गराउनु भयाे ।


 पार्टी कार्यालयमा दुई दिन सम्म सञ्चालन  भएकाे पाेलिटब्यूराे बैठकमा सदस्यहरूले कार्ययाेजनाकाे प्रभावकारीतामा जाेड दिदै पारदर्शी ढङ्गबाट एउटा विधि बनाएर पार्टी कमिटी र नेता तथा कार्यकर्ताहरूले गरिकाे कामकाे मूल्याङ्कन कमिटीगत रूपमा हुनुपर्ने पाेलिटब्यूराे सदस्यहरूले सुझाव दिदै पार्टी कमिटी र कार्यकर्ताले गरेकाे कामकाे उचित मूल्यांकन हुन नसकेकाे कुरा समेत बैठकमा उढेकाे प्रचार विभाग प्रमुख गाैतमले बताउनु भयाे ।
  बैठकमा महासचिव शंकर पाेखरेलले प्रस्तुत गरेकाे पार्टीको वार्षिक कार्ययोजना माथि ५१ जना पाेलिटब्यूराे सदस्यहरूले संविधान पुनरावलोकन आवश्यक रहेकाे र पुनरावलोकनकाे आधारमा संविधान संशोधन नेपाली काँग्रेससँग गरिएको सम्झाैता अनुसारनै गर्न समेत सुझाव दिएकाे गाैतमले बताउनु भयाे।




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु