मंगलवार ८ बैशाख, २०८३ (Tuesday April 21, 2026)

 युएईमाथि नेपालको सानदार जित

आईतवार २८ फाल्गुन, २०७९ विचारवाटिका 2039


 युएईमाथि नेपालको सानदार जित

फागुन २८ काठमाडौं, आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपालले युनाइटेड अरब इमिरेट्स (युएई) माथि सानदार जित हात पारेको छ ।


 त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा नेपालले युएईलाई १ सय ७७ रनले जितेको छ । नेपालले दिएको २ सय ४९ रनको लक्ष्य पछ्याएको युएई २२ ओभर ५ बलमा ७१ रन बनाउँदा अलआउट भएको हो । 

 नेपालका ललित राजवंशीले ५, सन्दीप लामिछाने र गुल्शन झाले समान २–२ तथा सोमपाल कामी र दीपेन्द्रसिंह ए‍ेरीले समान १–१ विकेट लिएका छन् ।

युएईलाई हराएसँगै नेपालले एकदिवसीय मान्यतालाई कायमै राखेको छ । नेपालले सोझै विश्वकप छनोटमा पुग्ने सम्भावना पनि कायमै राख्नेछ ।




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु