आईतवार २१ भाद्र, २०८३ (Sunday September 06, 2026)

सन नेपालको पाँचौं वार्षिकोत्सबमा बृहत् रक्तदान कार्यक्रम 

बिहीबार ६ आश्विन, २०७९ विचारवाटिका 2788


सन नेपालको पाँचौं वार्षिकोत्सबमा बृहत् रक्तदान कार्यक्रम 

 असोज ६ भक्तपुर ,सन नेपाल लाइफ इन्स्योरेन्स कं.लि.को पाँचौ वार्षिकोत्सब तथा सामाजिक सेवा दिवसको  उपलक्ष्यमा बृहत् रक्तदान कार्यक्रम समेत सम्पन्न भएको छ।

  हाल नेपालमा डेंगीको महामारीको कारण रगतको अभावलाई मध्य नजर गर्दै सूर्यविनायक शाखाले सूर्यविनायक नगरपालिका वडा नं ६ को  वडा अध्यक्ष ,सामाजिक संस्थाहरू, विद्यार्थीहरू, अभिकर्ताहरू  लगायत विभिन्न  व्यक्तिहरूको उपस्थितिमा तथा जिल्ला रेडक्रस शाखा भक्तपुरको प्रविधिक सहयोगमा आज सुर्यविनायक चोक भक्तपुरमा वृहत् रक्तदान कार्यक्रमको आयोजना गरेको थियो ।

 सन नेपालको पाँचौं वार्षिकोत्सबको अवसरमा सूर्यविनायक शाखाले जस्तै अरू विभिन्न शाखाले पनि रक्तदान  तथा विमा सचेतना कार्यक्रम गरेको जानकारी गराउनु हुँदै सूर्यविनायक शाखाबाट रक्तदान गर्नु हुने ४६ जना रक्तदानताहरू लगायत उपस्थित सम्पूर्ण जनालाई शाखाका प्रवन्धक भुवन केसीले धन्यवाद ज्ञापन गर्नु भएको थियो।




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु