मंगलवार १८ जेष्ठ, २०७८
जेठ १८, काठमाडौं । काठमाडौं उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको मंगलबार बैठक बस्दैछ । यस बैठकमा निषेधाज्ञा केही खुकुलो बनाउने निणर्यको तयारी गरेका छन् ।
मंगलबारको बैठकमा पछिल्लो पटक लगाइएको निषेधाज्ञाको समीक्षा गर्दै निषेधाज्ञा अहिलेकोभन्दा केही खुकुलो र व्यवस्थित गर्नेबारे छलफल हुने ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले जानकारी दिए ।
स्वास्थ्य मन्त्रालयका अधिकारीहरुसँग परामर्श गरेर कोरोनाको ग्राफ विश्लेषण गरी थप निणर्य लिने काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताए ।
यस अधि खाद्य पसलहरुमा समेत लगाइएको प्रतिबन्धका कारण भिड धेरै मात्रामा नियन्त्रणमा आएको निष्कर्षमा अधिकारीहरु पुगेका छन् । अब खाद्य सामग्री बिक्रीमा केही खुकुलो र व्यवस्थित बनाउनेबारे तयारी छ ।
उपत्यकामा कोरोना संक्रमणको दर उच्च भएपछि शुक्रबारदेखि एकसाताका लागि निषेधाज्ञामा कडाइ गरिएको छ ।