बिहीबार २९ आश्विन, २०८३
असोज २९, काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट आउने क्रम रोकिएको छैन। सोमबारदेखि निरन्तर ओरालो लागेको सुनचाँदीको मूल्यमा बिहीबार पनि गिरावट जारी रहेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको मूल्य प्रतितोला १ हजार १०० रुपैयाँले घटेर २ लाख ८८ हजार ४०० रुपैयाँ कायम भएको छ। बुधबार छापावाल सुन प्रतितोला २ लाख ८९ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला २२० रुपैयाँले घटेको छ। महासंघका अनुसार बिहीबार चाँदी प्रतितोला ४ हजार ३५ रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार चाँदीको मूल्य प्रतितोला ४ हजार २५५ रुपैयाँ रहेको थियो।
सुनचाँदीको मूल्यमा लगातार गिरावट आएसँगै नेपाली बजारमा दुवै धातुको मूल्य घट्ने क्रमले निरन्तरता पाएको छ।