मंगलवार ६ आश्विन, २०८३ (Tuesday September 22, 2026)

विद्यालयमा दलीय राजनीति रोक्न सरकार कडा, शिक्षकमाथि निगरानी र कारबाही

सोमबार ५ आश्विन, २०८३ Bichar Batika 1143


विद्यालयमा दलीय राजनीति रोक्न सरकार कडा, शिक्षकमाथि निगरानी र कारबाही

असोज ५ काठमाडौं ,शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारी राजनीतिक दलका गतिविधिमा संलग्न भएको पाइए निगरानी गरी प्रचलित कानुनअनुसार कारबाही गर्न निर्देशन दिएका छन्।
सामाजिक सञ्जाल तथा विभिन्न माध्यमबाट शिक्षकहरू राजनीतिक दलका कार्यक्रममा सहभागी भएको विषय सार्वजनिक हुन थालेपछि मन्त्रालयले देशभरका विद्यालयमा त्यस्ता गतिविधिमाथि निगरानी बढाउन सम्बन्धित निकायलाई निर्देशन दिएको हो।
मन्त्रालयको निर्देशनपछि बैतडी र सिन्धुलीका शिक्षा विकास तथा समन्वय एकाइले सम्बन्धित स्थानीय तहलाई शिक्षक तथा कर्मचारीको राजनीतिक गतिविधिबारे निगरानी गर्न पत्राचार गरेका छन्।
सिन्धुलीमा सामाजिक सञ्जालमा सार्वजनिक सामग्रीका आधारमा केही शिक्षक तथा कर्मचारी राजनीतिक दलका कार्यक्रममा सक्रिय रहेको जानकारी प्राप्त भएको भन्दै सम्बन्धित स्थानीय तहलाई आवश्यक छानबिन र कारबाही अघि बढाउन भनिएको छ।
शिक्षा ऐन, नियमावली तथा शिक्षक आचरणविपरीत गतिविधि पुष्टि भए प्रचलित कानुनअनुसार कारबाही गरी त्यसको जानकारी सम्बन्धित शिक्षा विकास तथा समन्वय एकाइलाई गराउन निर्देशन दिइएको छ।
सरकारको पछिल्लो कदमसँगै विद्यालयमा शिक्षक तथा कर्मचारीको दलीय राजनीतिक गतिविधिमाथि निगरानी र कानुनी कारबाहीको प्रक्रिया थप कडाइका साथ अघि बढ्ने देखिएको छ।




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु