बिहीबार २५ भाद्र, २०८३
भदौ २५ काठमाडौं, देशभर आज मौसम बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ, महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी क्षेत्र तथा मधेशसहित बागमती, गण्डकी र लुम्बिनीका तराई भू–भागका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना छ।
कोशी, बागमती, गण्डकी र लुम्बिनीका हिमाली भू–भागका केही स्थान तथा कर्णाली र सुदूरपश्चिमका हिमाली क्षेत्रका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपात हुन सक्नेछ।
यस्तै, कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णालीका पहाडी भू–भागका धेरै स्थानमा तथा सुदूरपश्चिमका केही पहाडी क्षेत्रमा मेघगर्जनसहित वर्षाको सम्भावना रहेको छ।
तराई क्षेत्रमा पनि मौसम बदली रहने र केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।
आज राति पनि देशभर बदली रहनेछ, हिमाली क्षेत्रमा हिमपात तथा वर्षाको सम्भावना रहँदा पहाडी र तराई भू–भागका केही स्थानमा मेघगर्जनसहित वर्षा हुन सक्ने पूर्वानुमान छ