शनिबार २७ भाद्र, २०८३ (Saturday September 12, 2026)

पूर्वाधार विकासमन्त्री लम्साल द्वारा नेपालकै पहिलाे आधुनिक नागढुंगा सुरूङमार्ग उद्घाटन ।

सोमबार ११ श्रावण, २०८३ Bichar Batika 1263


पूर्वाधार विकासमन्त्री लम्साल द्वारा नेपालकै पहिलाे आधुनिक नागढुंगा सुरूङमार्ग उद्घाटन ।

साउन ११ काठमाडौं , नेपालकै पहिलो आधुनिक नागढुङ्गा-सिस्ने खोला सुरूङमार्ग नेपाल सरकारकाे पूर्वाधार विकासमन्त्री सुनिल लम्साल र नेपालस्थित जापानी राजदूत मायदा तोरु र जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) का अध्यक्ष डा. तानाका अकिहिको आज संयुक्त रूपमा सुरुङमार्ग उद्घाटन गर्नुभएको छ ।
 तत्कालीन प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीको परिकल्पनामा सात वर्षअघि २०७६ कात्तिक ४ गते तत्कालीन प्रधानमन्त्री ओलीले शिलान्यास गरि जापान सरकारको २१ अर्ब रुपैयाँबराबरको सहुलियतपूर्ण ऋण र नेपाल सरकारको छ अर्ब रुपैयाँ बराबरको लगानीमा निर्माण सम्पन्न भएकाे सुरूङमार्ग  आज उद्घाटन गरि सञ्चालनमा ल्याउन लागेकाे हाे ।
 कुल दुई हजार ६ सय ८८ मिटर लामो सुरुङमार्गमा सवारीसाधन सञ्चालन हुँदा निश्चित शुल्क तिर्नुपर्ने हुन्छ,  सुरुङमार्ग पूर्ण रूपमा परीक्षण भएपछि केही दिन भित्रै सवारीसाधनलाई सञ्चालन हुनेछ परीक्षण अवधिभर सुरुङमार्ग भएर सञ्चालन हुने सवारीसाधनले कुनै शुल्क तिर्नुपर्ने छैन ,परीक्षण अवधि पछि  सुरुङमार्ग भएर सञ्चालन हुने सवारीसाधनले सडक विभागका अनुसार कार र भ्यानले काठमाडौँ भित्रिँदा ६५ रुपैयाँ र बाहिरिँदा ६० रुपैयाँ शुल्क तिर्नुपर्नेछ भने मिनीबस, ट्रक र टिपरले काठमाडौँतर्फ आउँदा १ सय १५ रुपैयाँ र बाहिरिँदा ८० रुपैयाँ बराबरको शुल्क तिर्नुपर्ने छ , बस, ट्रकले काठमाडौँ आउँदा २ सय ६० रुपैयाँ र बाहिरिँदा २ सय रुपैयाा बराबरको शुल्क तिर्नुपर्नेछ ।
 पैदलयात्री, दुईपाङ्ग्रे, तीनपाङ्ग्रे सवारी साधानले सुरुङमार्गमा  प्रवेश पाउने छैन्, डिजेल, पेट्रोल, ग्यासलगायत प्रज्ज्वलनशील पदार्थ बोकेका सवारीसाधन र विस्फोटक पदार्थ बोकेका सवारीलाई प्रवेश निषेध गरिएको छ ।

 




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु