मंगलवार १६ असार, २०८३ (Tuesday June 30, 2026)

अरनिको राजमार्ग अन्तर्गत धुलिखेल–खावा सडकखण्ड स्तरोन्नतिलागि असार तेस्रो सातादेखि १५ दिन सवारीसाधन आवागमनमा रोक।

शनिबार १३ असार, २०८३ Bichar Batika 1169


अरनिको राजमार्ग अन्तर्गत धुलिखेल–खावा सडकखण्ड स्तरोन्नतिलागि  असार तेस्रो सातादेखि १५ दिन सवारीसाधन आवागमनमा रोक।

असार १३ काठमाडौं  , सडक स्तरोन्नति भइरहेको अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावा सडकखण्डलाई तीव्रता दिन असार तेस्रो सातादेखि १५ दिन ( असार २२ गते देखि साउन ४ गते सम्म) रातको समयमा सवारीसाधन आवागमनमा रोक लगाइने काभ्रेपलान्चोक जिल्ला सुरक्षा समितिले जनाएकाे छ ।
उक्त सडकखण्ड कालोपत्रे गर्ने सम्बन्धमा उल्लेखित अवधिमा टिपर र मालवाहक ठूला ट्रकलाई पूर्णतः प्रवेशमा निषेध गर्ने तथा अन्य यात्रुवाहक तथा अन्य मालवाहक सवारीसाधनलाई बेलुका ७:०० बजेदेखि बिहान ५:०० बजेसम्म मात्रै प्रवेशमा रोक लगाउने निर्णय गरिएको समितिका संयोजक एवम् प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले बताउनु भयाे ।

अधिकारीको अनुसार आर्थिक वर्षको अन्त्यको समय भएकाले निर्माण सामग्री ढुवानी प्रभावित नहोस् भन्ने उद्देश्यले सडक निर्माण प्रक्रियालाई केही ढिलाइ गर्न लगाइएको हो,समितिले सडक निर्माणलाई सहजीकरण गर्न यात्रु तथा मालवाहक सवारीसाधनलाई सम्भव भएसम्म वैकल्पिक मार्ग प्रयोग गर्न सिफारिस गर्नेसमेत जनाएको छ। तोकिएको अवधिमा रातिको समयमा एम्बुलेन्ससहित अत्यावश्यक सेवाका सवारीसाधन भने  सञ्चालन गर्न दिइने निर्णय गरिएकाे र सवारीसाधन व्यवस्थापन तथा चालकलाई आवश्यक सहजीकरणका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौँ, भक्तपुर, दोलखा र सिन्धुपाल्चोकसँग समेत  समन्वय गरिने  प्रमुख जिल्ला अधिकारी तथा समितिका संयाेजक अधिकारीले जानकारी जानकारी गराउनु ।

 




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु