शनिबार २३ जेष्ठ, २०८३ (Saturday June 06, 2026)

नयाँ वर्षको अवसर पारी सराेकार समाजले भित्तेपात्राे लाेकार्पण तथा खुल्ला रक्तदान कार्यक्रम गर्दै ।

बिहीबार २६ चैत्र, २०८२ डि बि श्रेष्ठ , 1374


नयाँ वर्षको अवसर पारी सराेकार समाजले भित्तेपात्राे लाेकार्पण तथा खुल्ला रक्तदान कार्यक्रम गर्दै ।

चैत २६ काठमाडौं , नयाँ वर्ष २०८३ सालकाे अवसर पारी गाेठगाउँ सराेकार समाजले शुभकामना आदानप्रदान ,भित्तेपात्राे लाेकार्पण तथा खुल्ला रक्तदान कार्यक्रमकाे आयाेजना गर्ने भएकाे छ ।

सराेकार समाजले चैत २८ गते शनिवार काठमाडौं महानगर पालिका वडा नं. ४ धुम्वाराहि शंखपार्क भित्र बिहान ११.०० बजे देखि दिउसाे ४.०० बजे सम्म नयाँ वर्षकाे शुभकामना आदानप्रदान , गाेठगाउँ सराेकार समाज द्वारा प्रकाशित भित्तेपात्राे लाेकार्पण तथा ब्लड डाेनर्स एसाेसिएशन नेपाल ( क्लाेदान) पूर्वि भेगीय क्षेत्र काेटेश्वरकाे सहकार्य तथा कान्तिपुर अस्पताल रक्त सञ्चार सेवाकाे प्रविधिक सहयाेगमा खुल्ला रक्तदान कार्यक्रम गर्न गहिरहेकाे र कार्यक्रमकाे सम्पूर्ण तयारी  समेतअन्तिम चरणमा रहेकाे संस्थाका सचिव मीन बहादुर श्रेष्ठ ( बिष्णु)ले विचार वाटिका लाई जानकारी गराउनु भयाे ।

  गाेठगाउँ सराेकार समाजले स्थापना कालदेखिनै विभिन्न सामाजिक कार्य सगै प्रतेक वर्ष भित्तेपात्राे प्रकाशन गर्दै आई रहेकाे स्मरण गराउदै याे वर्ष पनि संस्थाकाे विभिन्न गतिविधिलाई समेटिएर भित्तेपात्राे प्रकाशन गरि लाेकार्पण गर्न गहिरहेकाेले संस्थाका सबै आजीवन सदस्यहरू तथा सम्पूर्ण शुभचिन्तकहरू लाई यसै समाचारलाई आधारमानि कार्यक्रममा उपस्थिति भैदिनुहुन सचिव श्रेष्ठले अनुराेध समेत गर्नु भएकाे छ ।




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु