मंगलवार ५ श्रावण, २०८३ (Tuesday July 21, 2026)

संघीय संसद्को आज दुबै सदनकाे बैठक बस्दै ।

सोमबार २३ चैत्र, २०८२ Bichar Batika 1336


संघीय संसद्को आज दुबै सदनकाे बैठक बस्दै ।

चैत २३ काठमाडौं , संघीय संसद्काे आज दुवै सदनको बैठक बस्दैछ ।
 प्रतिनिधिसभाको बैठक  दिनको १ बजे बस्दै छ,
संघीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयका अनुसार, आजकाे
 बैठकमा तीन वटा अध्यादेश स्वीकृत गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेकाे छ, आजको बैठकमा गृहमन्त्री सुधन गुरुङले ‘मतदाता नामावली (पहिलो संशोधन), अध्यादेश २०८२’, ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश, २०८२’, ‘नेपाल विशेष सेवा (दोस्रो संशोधन) अध्यादेश, २०८२’ स्वीकृत गरियोस भन्ने प्रस्ताव पेस गर्ने सम्भावित कार्यसूची छ ।
त्यसैगरी, राष्ट्रियसभाको बैठक भने आजै अपराह्न १२ः१५ बजे सिंहदरबारमा बस्दैछ , बैठकमा ‘राष्ट्रियसभा सदस्य प्रेमप्रसाद दंगालले लिलाकुमारी भण्डारीलाई राष्ट्रियसभाको उपाध्यक्ष पदमा निर्वाचित गरियोस्’ भन्ने प्रस्ताव सभा समक्ष प्रस्तुत गर्ने छन् । 
बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रिय मानवअधिकार आयोगको गत आर्थिक वर्ष २०८०/०८१ को २४औँ वार्षिक प्रतिवेदन सभासमक्ष पेस गर्ने सम्भावित कार्यसूची तय गरिएको छ ।




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु