सोमबार २ चैत्र, २०८२
चैत २ काठमाडौँ , नेपालकाे लागि चिनका नवनियुक्त राजदूत चाङ माओमिङ र राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल बिच शिष्टाचार भेटवार्ता भएकाे छ ।
सिंहदरबारस्थित अध्यक्ष दाहालको कार्यकक्षम भएको भेटमा दुई देशबीचको सम्बन्ध, संसदीय सहकार्य, आपसी सहयोग र समसामयिक विषयमा छलफल भएको अध्यक्ष दाहालकाे सचिवालयले जनाएकाे छ ।
नेपाल र चीनबीचको सम्बन्ध वर्षौं पुरानो भएको चर्चा गर्दै अध्यक्ष दाहालले दुई देशबीचको सम्बन्ध कूटनीतिक तहमा मात्रै नभई जनस्तरमा समेत बलियो र प्रगाढ रहेको ,गत फागुन २१ गते नेपालमा प्रतिनिधि सभाको निर्वाचन सम्पन्न भई नयाँ सरकार गठनको प्रक्रियामा रहेको र जेनजी आन्दोलनपछि उत्पन्न कठिन परिस्थिति र चुनावको समयमा चीन सरकारले गरेको सहयोगप्रति अध्यक्ष दाहालले प्रशांसा व्यक्त गरेको समेत सचिवालयले जनाएको छ ।
राष्ट्रिय सभाका सचिव तुलबहादुर कँडेल लगायत परराष्ट्र मन्त्रालय र सङघीय संसद सचिवालयका कर्मचारीहरू तथा चिनियाँ दूतावासका अधिकारीहरूको समेत सहभागिता रहेको भेटघाटमा राजदूत चाङले चीन–नेपाल देशबीच कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै पारस्पारिक लाभमा आधारित मैत्री सम्बन्ध कायम रहेको दुवै देशका राष्ट्रपतिकै तहबाट भ्रमण आदान प्रदान भएपछि दुई देशबीचको सहकार्य र सहयोगमा उल्लेख्य वृद्धि भएको र सम्बन्ध नयाँ उँचाईमा उठेको बताए ।