बुधबार २७ फाल्गुन, २०८२
फागुन २७ काठमाडौँ , नेपाली कांग्रेस राष्ट्रिय सभा संसदीय दलका नेता कृष्णप्रसाद सिटौलाको उपस्थितिमा कांग्रेस राष्ट्रिय सभाका बहालवाला र नवनिर्वाचित सदस्यहरूको आज बसेको बैठकले कांग्रेसले राष्ट्रिय सभामा एकताबद्ध भएर सक्रिय र विशेष जिम्मेवारीपूर्वक प्रस्तुत हुने निर्णय गरेको छ ।
बैठकले गत माघ ११ गते कांग्रेसको तर्फबाट निर्वाचित सदस्यहरूलाई स्वागत गर्दै मुलुकको समसामयिक राजनीतिक परिस्थितिकाबारे छलफल भएकाे प्रमुख सचेतक कृष्णबहादुर रोकायले जानकारी दिनु भयाे , बैठकले आगामी दिनमा जनताको भावना अनुरूप दलको तर्फबाट राष्ट्रिय सभामा एकताबद्ध भएर सक्रिय र विशेष जिम्मेवारीपूर्वक प्रस्तुत हुने निर्णय गरेकाे समेत राेकायले जानकारी दिनु भयाे ।