शनिबार २३ जेष्ठ, २०८३ (Saturday June 06, 2026)

एमाले अध्यक्ष ओलीले प्रजातन्त्र दिवसकाे शुभकामना दिदै स्मरण गरे महत्वपूर्ण तीन जिम्मेवारी ।

बिहीबार ७ फाल्गुन, २०८२ Bichar Batika 1207


एमाले अध्यक्ष ओलीले प्रजातन्त्र दिवसकाे  शुभकामना दिदै स्मरण  गरे महत्वपूर्ण तीन जिम्मेवारी ।

फागुन ७ काठमाडौं , नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रजातन्त्र दिवसको शुभकामना दिँदै  महत्वपूर्ण जिम्मेवारी  स्मरण गराउने जनाएका छन् ।
 अध्यक्ष ओलीले सामाजिक सञ्जाल बाट आजको ऐतिहासिक दिनबाट प्रेरणा लिँदै सबै जागरूकतापूर्वक अघि बढ्न अपिल गर्नु भएकाे छ, आजको दिनले हामीलाई तीन महत्वपूर्ण जिम्मेवारी स्मरण गराउँछ, पहिलो, राष्ट्रिय स्वाधीनता रक्षा गर्दै राष्ट्रको गरिमा जोगाउने, दोस्रो, संविधानको संरक्षण गर्दै जनताका लोकतान्त्रिक अधिकार र मूल्यलाई जीवित राख्ने, तेस्रो, आम विध्वंसबाट क्षतविक्षत भएका राष्ट्रका धरोहर, हाम्रो समृद्ध मानवीय संस्कृति, उद्योग र पूर्वाधारको पुनर्निर्माण गर्दै नागरिकको सुरक्षा गर्ने ।’
अध्यक्ष ओलीले  प्रजातन्त्र दिवस, जनताको साहस, त्याग र बलिदानले जहानियाँ राणा शासनको अन्त्य गरी स्वतन्त्रता र अधिकारको बिहानी उदाएको ऐतिहासिक दिन भएको बताउँदै प्रजातन्त्रका लागि जीवन अर्पण गर्ने अमर शहीद शुक्रराज शास्त्री, दशरथ चन्द, धर्मभक्त माथेमा र गंगालाल श्रेष्ठप्रति श्रद्धाञ्जली तथा सम्मान व्यक्त गर्नु भएकाे छ ।

 




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु