सोमबार २६ माघ, २०८२ (Monday February 09, 2026)

प्रतिनिधिसभा निर्वाचनमा पार्टीका उम्मेदवारहरूकाे सुरक्षाको जिम्मा युवा संघले लिन्छ :- अध्यक्ष गुरूङ ।

सोमबार १९ माघ, २०८२ Bichar Batika 1257


प्रतिनिधिसभा निर्वाचनमा पार्टीका उम्मेदवारहरूकाे सुरक्षाको जिम्मा युवा संघले लिन्छ :- अध्यक्ष  गुरूङ ।

माघ १९ काठमाडौं , फागुन २१ गते हुन गहिरहेकाे प्रतिनिधि सभाकाे निर्वाचनमा नेकपा ( एमाले ) का उम्मेदवारहरूकाे सुरक्षाको जिम्मा राष्ट्रिय युवा संघ नेपालले लिने संघका अध्यक्ष  माहाराज गुरूङले विज्ञप्ति मार्फत जानकारी गराउनु भएकाे छ ।
अध्यक्ष  गुरुङले विज्ञप्तिमा १६५ वटै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा निर्वाचन परिचालनकाे लागि युवा संघले ६७४३ वटै वडाकाे  १० हजार ९ सय ६७ वटै बुथमा कमान्डर खटाउने निर्णय भएकाे र निर्वाचन परिचालन कमान्डहरूले उम्मेदवारहरूलाई जिताउन आवश्यक प्रचारप्रसार रणनीति बनाउने, आम मतदातामा जागरण ल्याउने, मतदानका लागि भयरहित वातावरण बनाउने र उम्मेदवार सहितको सुरक्षाकाे प्रबन्ध समेत गर्ने विज्ञप्तिमा भनिएको छ ।
केन्द्रमा संगठनका अध्यक्ष  गुरुङको नेतृत्वमा ५०१ सदस्यीय केन्द्रीय निर्वाचन परिचालन कमान्ड बनाएको छ भने  प्रदेशगत रूपमा मातहतका निर्वाचन परिचालन कमान्डहरूलाई संयोजन र नेतृत्व गर्ने गरी पदाधिकारी र सचिवालय सदस्यहरूलाई जिम्मेवारी प्रदान गरेको छ ।
कमान्डमा संगठनद्वारा तोकिएको केन्द्रीय सदस्यको नेतृत्वमा निर्वाचन क्षेत्र अन्तर्गत मतदान केन्द्र भएका संगठनका  केन्द्रीय निकाय तथा केन्द्रीय विभागका सदस्यहरू र सम्पूर्ण मातहत कमिटी प्रदेश कमिटी, जिल्ला कमिटी, पालिका कमिटी, वडा कमिटी र टोल कमिटीका पदाधिकारी तथा सदस्यहरू रहने निर्णय गरेको छ।




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु