मंगलवार ५ श्रावण, २०८३ (Tuesday July 21, 2026)

देशको नेतृत्व गर्न खोज्नेसँग पब्लिक डिबेट गर्न तयार छु :- एमाले अध्यक्ष ओली ।

आईतवार ११ माघ, २०८२ Bichar Batika 1435


देशको नेतृत्व गर्न खोज्नेसँग पब्लिक डिबेट गर्न तयार छु :- एमाले अध्यक्ष ओली ।

माघ ११ काठमाडौं,  नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देशको नेतृत्व गर्न खोज्नेसँग पब्लिक डिबेट गर्न आफू तयार रहेकाे  बताउनु भएकाे छ ।
सामाजिक सञ्जाल फेसबुकमार्फत् एमाले अध्यक्ष ओलीले अहिले उठिरहेको विषयलाई आफूले सकारात्मक रूपमा लिएको जानकारी गराउदै प्रधानमन्त्रीको दाबेदारका रूपमा दलहरु बाट अघि सारिएका एमाले अध्यक्ष ओली, कांग्रेसका सभापति गगन थापा, राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाह , श्रम संस्कृति पार्टीको अध्यक्ष हर्क साम्पाङ्ग लगायतका पब्लिक डिबेट गर्नुपर्ने माग अहिले सामाजिक सञ्जालमा चलेको छ ।
देशको नेतृत्व गर्न खोज्ने दलहरूका एजेण्डा के छन्, देश निर्माणमा यसअघि के कस्ता काम गरे, अब गर्ने कामको रोडम्याप, योजना र खाका के छ रु लगायत सार्वजनिक रूपमा उठेका यस्ता प्रश्नमा आमने सामने बहसको माग अत्यन्त सकारात्मक रहेको भन्दै अध्यक्ष ओलीले सिधा प्रश्न सोध्न खडा गरिएको मञ्चमा उभिएर आफ्ना एजेण्डा राख्ने प्रतिबद्धता सहित अन्य पक्षलाई पनि ल्याउन आग्रह समेत गर्नुभएको छ ।

 




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु