बुधबार १६ बैशाख, २०८३ (Wednesday April 29, 2026)

रामेछाप जिल्ला सहकारी संघको अध्यक्षमा सर्व सहमत पुन ढुङ्गेल निर्वाचित ।

मंगलवार २९ पुष, २०८२ Bichar Batika 1419


रामेछाप जिल्ला सहकारी संघको अध्यक्षमा सर्व सहमत पुन ढुङ्गेल निर्वाचित ।

पुष २९ रामेछाप, रामेछाप जिल्ला सहकारी संघ लिमिटेडको आज मन्थलीमा सम्पन्न आठौं वार्षिक साधारणसभा बाट अध्यक्षमा सर्वसहमत पुन हिमाल ढुङ्गेल निर्वाचित भएकाे छ ।
अध्यक्षमा ढुङ्गेल सगै नवनिर्वाचित कार्यसमितिकाे उपाध्यक्षमा पवन कठायत, सचिवमा योगेन्द्र श्रेष्ठ ,कोषाध्यक्षमा छत्रवीर श्रेष्ठ र सदस्यहरूमा  सुनिता तामाङ, ध्रुवबहादुर थापा, बद्री नयाँघरे, रञ्जु पौडेल घिमिरे र रिता मगर घिमिरे लगायत सम्पूर्ण पदाधिकारी तथा सदस्यहरू सर्वसहमत निर्वाचित भएकाे नव निर्वाचित उपाध्यक्ष कठायतले विचार वाटिकालाई जानकारी गराउनु भयाे ।

जिल्ला समन्वय समिति रामेछापका उपप्रमुख प्रेमबहादुर थापाको प्रमुख आतिथ्यता तथा संघका अध्यक्ष हिमाल ढुङ्गेलको अध्यक्षतामा आयाेजना गरिएको आठौँ वार्षिक साधारण सभाकाे बन्ध सत्रमा  सचिव नवीन केसीले संघको प्रगति प्रतिवेदन ,काेषाध्यक्ष योगेन्द्र श्रेष्ठले आर्थिक प्रतिवेदन, लेखा सुपरिवेक्षण समितिका संयोजक छत्रवीर श्रेष्ठले लेखा परीक्षण प्रतिवेदन प्रस्तुत गरेका थिए।
 रामेछाप जिल्ला सहकारी संघमा आबद्ध भएका २०६ वटा सहकारी संस्थाहरू मध्य यो वर्ष हालसम्म ६९ वटा संस्थाले मात्र नवीकरण गरेका छन् ,संघकाे प्रत्येक चार /चार वर्षमा नेतृत्व परिवर्तन हुने व्यवस्था रहेको छ।

 




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु