शुक्रबार १४ कार्तिक, २०८२
कार्तिक १४ इलाम, दुई दिनदेखिको निरन्तर परेकाे झरिले मेची राजमार्गअन्तर्गत इलाम–राजदुवाली सडकखण्ड अवरुद्ध भएको छ ।
विभिन्न स्थानमा सडक भासिएकाेले इलाम- राजदुवाली सडकखण्डमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको र अर्को सूचना जारी नभएसम्म सो सडकमा सवारीसाधन सञ्चालनमा पूर्ण रुपमा बन्द गरिएकाे प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले जानकारी दिइनु भयाे ।
निरन्तर परेकाे झरिले तिल्केनी–सिमलगोलाई–शिलपुर सडक खण्डको विभिन्न ठाउँमा गएकाे पहिरोकाे कारण अवरुद्ध भएको छ ,मेची कोरिडोर (केचना–कञ्चनजङ्घा सडक) को बेलासेस्थित माइखोलाको पक्की पुल भाँचिएपछि गत असोज १८ गतेदेखि नै सो सडक बन्द भएकाे थियाे ।