बुधबार ५ कार्तिक, २०८३ (Wednesday October 21, 2026)

धनकुटाकाे पाँचगाेलाइमा ट्रक दुर्घटना हुदा दुई जना गम्भीर घाईते ।

सोमबार २७ आश्विन, २०८२ Bichar Batika 1554


धनकुटाकाे पाँचगाेलाइमा ट्रक दुर्घटना हुदा दुई जना गम्भीर घाईते ।

असाेज २७ धनकुटा , धनकुटा नगरपालिका- ९ पाँचगोलाइमा  गएराती  २ बजे धनकुटाबाट मुलघाटतर्फ जादै गरेको प्र.३-०१-००३ क ६९०६ नम्बरको  मिनि ट्रक दुर्घटना  हुदा दुई जना गम्भीर घाइते भएकाे छ ।
घाइतेहरूमा ट्रक चालक  उदयपुर जिल्ला उदयपुरगढी गाउँपालिका-५ बस्ने बर्ष २६ को नारायण खड्का र सहचालक सोही जिल्लाको रानीटार बस्ने बर्ष २० को  दिनेश कार्की रहेकाे
घटना स्थलमा पुगेका सुरक्षाकर्मीहरूले जनाएको छ, उक्त ट्रक ब्रेक फेल भई सडकबाट अन्दाजी ३०० मिटर तल खसेको थियो। 
दुर्घटना स्थलबाट उद्धार गरि  सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन बेश मुलघाटबाट र प्रहरी चौकी  मुलघाटबाटले घाइतेहरूलाई  उपचारको लागि  एम्बुलेन्समा मार्फत जिल्ला अस्पताल धनकुटा पठाएको उद्धार टाेलीमा खटिएका प्रहरीले हरूले बताउनु भयाे ।




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु