मंगलवार ५ श्रावण, २०८३ (Tuesday July 21, 2026)

राष्ट्रिय युवासंघ नेपाल जिल्ला कमिटी रामेछाप द्वारा वृक्षारोपण कार्यक्रम सम्पन्न ।

शुक्रबार ३० श्रावण, २०८२ Bichar Batika 1815


राष्ट्रिय युवासंघ नेपाल जिल्ला कमिटी रामेछाप द्वारा वृक्षारोपण कार्यक्रम सम्पन्न ।

साउन ३० रामेछाप , राष्ट्रिय युवासंघ नेपाल जिल्ला कमिटी रामेछापद्वारा आयोजित  मन्थली नगरपालिका वडा नम्बर ५ सुनार पानीमा  वृक्षारोपण कार्यक्रम  सम्पन्न भएकाे छ ।

 राष्ट्रिय युवासंघ नेपालकाे केन्द्रीय सर्कुलर अनुसार  राष्ट्रिय युवासंघ नेपाल जिल्ला कमिटी रामेछापका संयाेजक शिवसागर मगरकाे संयाेजनमा आयाेज गरिएकाे कार्यक्रममा नेकपा (एमाले) जिल्ला  कमिटी रामेछापका उपाध्यक्ष हाेतराज ढकाल ,सचिव प्रकाश कुमार कार्की , राष्ट्रिय युवासंघ नेपालका केन्द्रीय सदस्य तथा रामेछाप   जिल्ला इन्चार्ज गणेश बज्र लामा , मन्थली  नगरपालिका वडा नं २ का  वडा अध्यक्ष तथा  युवासंघका केन्द्रीय सदस्य सुरेन्द्र कार्की ,मन्थली नगरपालिका वडा न. ५ का वडा अध्यक्ष  नवीन कार्की ,राष्ट्रिय युवासंघ लेखाआयाेग  उपप्रमुख अमित कार्की  युवा विज्ञ परिषद् उपप्रमुख अरुण खड्का लगायत विभिन्न जनवर्गीय संगठनमा आबद्ध नेता तथा कार्यकर्ताहरूको उल्लेखनीय उपस्थित रहेको थियो।

कार्यक्रममा आपको बिरुवा २० वटा जकराण्डकाे बिरुवा २० वटा ,मसलाकाे बिरुवा  २० वटा कटहरकाे बिरुवा  २० वटा लगायत अन्ने गरि १५० भन्दा बढी बिरुवाहरु रोपेको  कार्यक्रमका संयाेजक तथा राष्ट्रिय युवासंघ नेपाल जिल्ला कमिटी रामेछापका संयाेजक शिवसागर मगरले विचार वाटिकालाई जानकारी गराउनु भयाे ।

संयाेजक मगरले दिएकाे जानकारी अनुसार राष्ट्रिय युवासंघ नेपाल जिल्ला कमिटी रामेछापकै आयाेजनामा भाेली साउन ३१ गते शनिवार देवकोटा चाेक मन्थलीमा बृहत खुल्ला रक्तदान कार्यक्रम समेत हुन गहिरहेकाेले सम्पूर्ण जिल्ला नेकपा ( एमाले )का शुभचिन्तकहरू लाई उपस्थिति हुन समेत अनुराेध गर्नुभएकाे छ ।

तस्बिर :- शिवसागर मगर,




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु