सोमबार २६ माघ, २०८२ (Monday February 09, 2026)

तराई मधेसकाे खानेपानी समस्या समाधानको विषय खानेपानीमन्त्री यादव र भारत सरकारका विज्ञ टाेलीहरू बिच छलफल ।

मंगलवार २७ श्रावण, २०८२ Bichar Batika 1535


तराई मधेसकाे खानेपानी समस्या समाधानको विषय खानेपानीमन्त्री यादव र भारत सरकारका विज्ञ टाेलीहरू बिच छलफल ।

साउन २७ काठमाडौँ, तराई–मधेसको खानेपानी समस्या समाधानका विषयमा खानेपानीमन्त्री प्रदीप यादव र भारत सरकारका विज्ञ टोलीहरूबीच 
गहन छलफल  भएको छ ।

 मन्त्री यादवको विशेष निमन्त्रणामा मन्त्रालयमा आउनु भएका भारतीय सरकारका विज्ञ टोलीहरूबीच मधेश प्रदेशमा देखिएको खानेपानी सङ्कट र त्यसको दीर्घकालीन समाधानका विषयमा गहन छलफल भएको मन्त्रालयका सहसचिव एवम् प्रवक्ता मीना श्रेष्ठले जानकारी दिनुभयो,श्रेष्ठको अनुसार उक्त टोली आज मङ्गलबारदेखि तराई–मधेसका सङ्कटग्रस्त जिल्लाहरूमा पुगेर स्थलगत रुपमा अनुगमन गरी समस्या समाधानका लागि आवश्यक कार्ययोजना निर्माणमा खटिनेछ ।
 छलफलका क्रममा मन्त्री यादवले खानेपानीको सङ्कट सबैभन्दा तीव्र रूपमा वीरगञ्ज महानगरपालिका लगायत बारा र अन्य जिल्लाका विभिन्न वडाहरूमा पनि पानी अभावले गम्भीर चुनौतीहरू निम्त्याइरहेको बताउनुभयो ।
  सरकार मधेश प्रदेशका जनताको जीवनम सकारात्मक परिवर्तन ल्याउने उद्देश्यले नेपाल–भारत सहकार्यलाई अझ प्रभावकारी र परिणाममुखी बनाउन प्रतिबद्ध रहेको  मन्त्री यादवले जानकारी  गराउनुभयो ।

भारत सरकार जलशक्ति मन्त्रालयसँग केही महिना अघि हस्ताक्षर भएको समझदारी पत्र (एमओयु) को फलस्वरूप आजको सहकार्य सम्भव भएको र यसले नेपाल–भारत सम्बन्धलाई अझ सुदृढ बनाउने विश्वास व्यक्त गरिएको मन्त्री यादवको भनाई छ ।
 भारतीय विज्ञ टोलीसँगको बैठकमा मन्त्रालयका सचिव ई. प्रमिलादेबी शाक्य( बज्राचार्य), सहसचिव मीना श्रेष्ठ, कमलराज श्रेष्ठ, खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक ई. रामकुमार श्रेष्ठ, उपमहानिर्देशक नारायण प्रसाद आचार्य, मेलम्ची विकास समितिका प्रमुख रत्नप्रसाद लामिछाने सहभागी हुनुभएको थियो भने  भारतीय विज्ञ टोलीका तर्फबाट देहरादूनका क्षेत्रीय निर्देशक प्रशान्त राई, जगदम्बा प्रसाद, लखनऊ खानेपानी विभाग र सरसफाइ सल्लाहकार आशिष पाण्डे लगायतको सहभागीता रहेको थियो ।

 




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु