मंगलवार १२ जेष्ठ, २०८३ (Tuesday May 26, 2026)

हिजाे बाट सुरू भएकाे एमालेको नवाै केन्द्रीय कमिटीको बैठक आज पनि जारी ,अधिकांश वक्ताहरूकाे माग ओलीलाईनै निरन्तरता दिनुिर्ने ।

मंगलवार ६ श्रावण, २०८२ Bichar Batika 1518


हिजाे बाट सुरू भएकाे एमालेको नवाै केन्द्रीय कमिटीको बैठक आज पनि  जारी ,अधिकांश वक्ताहरूकाे माग ओलीलाईनै निरन्तरता दिनुिर्ने ।

साउन ६ काठमाडौं ,नेकपा एमालेको नवाै केन्द्रीय कमिटी बैठकको आज दोस्रो दिन पनि जारी रहने छ ,हिजाे बाेल्ले अधिकांश केन्द्रीय सदस्यहरुले अध्यक्ष केपी शर्मा ओलीलाईनै निरन्तरता दिनुपर्ने धारणा राखेकाे थियाे आज पनि केन्द्रीय सदस्यहरूले बाेल्नेक्रम  जारी रहनेछ ।
  तुल्सिलाल स्मृति प्रतिष्ठानको सभाहल  च्यासलमा हिजो देखि सुरु भएको केन्द्रीय कमिटीको बैठकमा
पार्टीको सचिवालय र पोलिटव्यूरो बैठकले पारित गरेर केन्द्रीय कमिटीमा पठाएको विधान संसोधन सम्बन्धी प्रस्तावमा आज पनि छलफल जारी रहने छ,  हिजाे बाकी केन्द्रीय सदस्यहरूले आज साे प्रस्तावमाथि आफ्नाे धारणा राख्ने कार्यसुची रहेकाे  पार्टी प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गाैतमले जानकारी दिनुभयाे ।

 गाैतमकाे अनुसार बैठकमा  कतिपय केन्द्रीय सदस्यले लिखित रुपमा धारणाहरु बुझाएका छन्  बैठकपछि समसामयिक प्रस्तावहरु सहितको एक घोषणा पत्र  सार्वजनिक गरिनेछ । 
केन्द्रीय समितीमा बोल्ने अधिकांस वक्ताहरुले पूर्वराष्ट्रपति पार्टी राजनीतिमा आउन नहुने र मिसन ०८४ मा अध्यक्ष ओलीको नेतृत्वमानै जाने पार्टीको यस अघिको निर्णय भएकोले त्यसलाई कार्यन्वयन गरेर जानु पर्ने धारणा राखेका छन् ।




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु