मंगलवार २८ आश्विन, २०८२ (Tuesday October 14, 2025)

अर्थमन्त्री पाैडेल द्वारा प्रस्तुत आर्थिक विधेयक सर्वसम्मत स्वीकृत ।

बुधबार ११ असार, २०८२ Bichar Batika 1332


अर्थमन्त्री पाैडेल द्वारा प्रस्तुत आर्थिक विधेयक सर्वसम्मत स्वीकृत ।

असार ११ काठमाडौं , प्रतिनिधिसभाको हिजो बसेकाे बैठकमा उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रस्तुत गरेको ‘आर्थिक विधेयक, २०८२ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मत स्वीकृत भएको हो ।

आर्थिक विधेयक सगै अर्थमन्त्री तथा उपप्रधानमन्त्री पाैडेललेनै प्रस्तुत गरेको ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८२ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव पनि बैठकले सर्वसम्मत स्वीकृत गरेको छ । उपप्रधानमन्त्री पौडेलले प्रस्तुत गरेको उक्त प्रस्तावहरूमाथिको छलफलमा यस अघि सांसदहरू अमनलाल मोदी, भगवती चौधरी, राजेन्द्र केसीले भाग लिई आफ्ना धारणा राख्नु भएकाे थियाे ।
संसद सचिवालयकाे अनुसार प्रतिनिधिसभाको अर्को बैठक यही असार १४ गते बिहान ११ बजे बस्ने जनाएको छ ।




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु