शनिबार २३ जेष्ठ, २०८३ (Saturday June 06, 2026)

राष्ट्रिय थारू कलाकार मञ्चले विश्व संगीत दिवसको अवसरमा काठमाडौंमा बृहत साँस्कृतिक कार्यक्रम गर्दै ।

आईतवार १ असार, २०८२ Bichar Batika 1388


राष्ट्रिय थारू कलाकार मञ्चले विश्व संगीत दिवसको अवसरमा काठमाडौंमा बृहत साँस्कृतिक कार्यक्रम गर्दै ।

असार १ काठमाडौं ,राष्ट्रिय थारू कलाकार मञ्चले विश्व  संगीत दिवसको अवसर पारी असनर ७ गते काठमाडौंमा बृहत सांस्कृतिक कार्यक्रमको आयोजना गर्ने गहिरहेकाे छ ।
मञ्चले थारू भाषा, कला र संस्कृतिको संरक्षण र प्रबन्धन गर्ने उद्देश्यका साथ  काठमाडौंमा बृहत राष्ट्रिय थारू सांस्कृतिक कार्यक्रम तथा वार्षिक साधारणसभा गर्न लागिएको राष्ट्रिय थारू कलाकार मञ्चका केन्द्रीय अध्यक्ष विनय वैद्यले जानकारी गराउनु भयाे ।
 ‘विश्वभर संगीत दिवस मनाइरहँदा हामीले हाम्रो आफ्नै भाषा, धर्म, कला–संस्कृति र पहिचानलाई जोगाउन सरकारको ध्यानाकर्षण गर्न देशभरका कलाकारहरूको जनचेतनामूलक वृहत सांस्कृतिक कार्यक्रमको आयोजना गर्न गहिरहेकाे र कार्यक्रममा ५०  भन्दा बढी  पूर्व मेचि  देखि  पश्चिम महाकालीसम्मका थारू कलाकारहरूले  लोक गीत, मौलिक नाँचहरू धुम्रा नाच, झुम्रा, मघौटालगायत थारू सांस्कृति झल्कने प्रकारको प्रस्तुति रहने अध्यक्ष वैद्यले जानकारी गराउनु भयाे ।
पहिलो दिन कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको हलमा भाषा, कला–संस्कृति हमर शान, पहिचान बचैना हमार अभियान’ भन्ने मूल नारासहित वृहत्त थारू सांस्कृतिक कार्यक्रम हुने र  ‘दोस्रो दिन वार्षिक साधारणसभा गर्न गहिरहेकाे अध्यक्ष वैद्यले जनाकारी गराउनु भयाे ।
साँस्कृतिक कार्यक्रम सहभागिताका लागि प्रवेश शुल्क  रू एक हजार  तोकिएको छ अग्रिम टिकट बुकिङ गर्न चाहानुहुनेकाे लागि  प्रि–बुकिङ खुला भइसकेको र अग्रीम टिकट बुकिङ नगर्नेहरूकाे लागि साेहिदिन  कार्यक्रम स्थलमै पनि टिकट उपलब्ध हुने अध्यक्ष वैद्यले जानकारी गराउनु भयाे ।




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु