शनिबार १२ माघ, २०८१
माघ १२ भक्तपुर , नेकपा ( एमाले) बागमती प्रदेश सम्पर्क कमिटी द्वारा आयाेजित प्रदेश स्तरीय फुटसल प्रतियोगिताकाे उपाधी दाेलखा - काठमाडौं सम्पर्क मञ्चले जित्न सफल भएकाे छ ।


लिग चरणमा सिन्धुली - काठमाडौं सम्पर्क मञ्च , सिन्धुपाल्चोक - काठमाडौं सम्पर्क मञ्च र नुवाकोट - काठमाडौं सम्पर्क मञ्चलाई हराउदै सेमिफाइनलमा प्रवेश गरेकाे दाेलखा -काठमाडौं सम्पर्क मञ्चले काभ्रे - काठमाडौं सम्पर्क मञ्चलाई हराउदै फाइनलमा प्रवेश गरेकाे थियाे ,फाइनल खेलमा पुन सिन्धुपाल्चोक - काठमाडौं सम्पर्क मञ्चलाई हराउदै बिजेता बन्न सफल भएकाे दाेलखा- काठमाडौं सम्पर्क मञ्चले नगद रू ३० हजार पुरस्कार , ट्रफी ,मेडल र प्रमाणपत्र प्राप्त गर्न सफल भएकाे थियाे ।
उपत्यका बाहेकका दस जिल्ला रामेछाप , दाेलखा , सिन्धुली , सिन्धुपाल्चोक , काभ्रे , नुवाकोटका , रसुवा, चितवन , धादिङ र मकवानपुर जिल्ला सम्पर्क मञ्च सहभागी भएकाे फुटसल प्रतियोगितामा सिन्धुपाल्चोक - काठमाडौं सम्पर्क मञ्च द्वितीय हुँदै नगर रू २५ हजार पुरस्कार , मेडल र प्रमाणपत्र , धादिङ - काठमाडौं सम्पर्क मञ्च तृतीय हुँदै नगर रू २० हजार पुरस्कार , मेडल र प्रमाणपत्र र काभ्रे - काठमाडौं सम्पर्क मञ्चले सान्त्वना पुरस्कार बापत नगद रू ५ हजार र प्रमाणपत्र जित्न सफल भएकाे थियाे ।



नेकपा ( एमाले) बागमती प्रदेश कमिटीका अध्यक्ष अशाेक कुमार ठकुरीको अध्यक्षता तथा नेकपा (एमाले ) का स्थायी कमिटी सदस्य तथा केन्द्रीय सम्पर्क समन्वय कमिटी इन्चार्ज लालबाबु पण्डितको प्रमुख आतिथ्यता बागमती प्रदेश कमिटी खेलकुद विभागको व्यवस्थापनमा आयाेजना गरिएकाे प्रदेश स्तरीय फुटसल प्रतियोगितामा दाेलखा - काठमाडौं सम्पर्क मञ्चको खेलाडी महेन्द्र कार्की उत्कृष्ट खेलाडी , दाेलखा - काठमाडौं सम्पर्क मञ्चका खेलाडी पदम तामाङ उत्कृष्ट गाेलक्रिपर र सिन्धुपाल्चोक - काठमाडौं सम्पर्क मञ्चका खेलाडी रमित तामाङले दस गाेल गर्दै सबै भन्दा धेरै गाेल गर्ने उत्कृष्ट खेलाडी आयाेजकले घाेषणा गरेकाे थियाे


फुटसल प्रतियोगिताकाे लाइफ,