मंगलवार ४ कार्तिक, २०८३ (Tuesday October 20, 2026)

राज्य बलियो हुन दल बलियाे हुन आवश्यक छ:- शंकर पाेखरेल।

बुधबार ९ आश्विन, २०८१ विचारवाटिका 1649


राज्य बलियो हुन दल बलियाे हुन आवश्यक छ:- शंकर पाेखरेल।

असाेज ९ दाङ, नेकपा ( एमाले) दाङ लमही  नगरपालिका कमिटीको दाेस्राे नगर अधिवेशनलाई देउखुरीमा उद्घाटन गर्दै नेकपा ( एमाले) का महासचिव शंकर पाेखरेलले राज्य बलियाे नभई जनता बलियाे हुन नसक्ने भएकाेले राज्य बलियाे हुन दल पनि बलियाे हुन आवश्यक रहेकाे बताउनु भयाे ।
 महासचिव पाेखरेलले नेपालमा अब सानातिना पार्टी राखेर समाजवाद आउन नसक्ने भन्दै समाजवादको यात्रामा लाग्ने हाेभने सानातिना दाेकान बन्द गर्नुपर्ने  र यसले मात्रै मुलुकमा बलियाे कम्युनिष्ट शक्ति निमार्ण हुन सक्ने र  ,त्यसकै जगमा मात्र समाजवादको आधार तय हुनसक्छ समाज बदल्नकाे लागि जनताकाे भावना काे नेतृत्व गर्न सक्नुपर्ने  महासचिव पाेखरेलले बताउनु , अब सानातिना बामपंथी पार्टीमा अल्मलिने समय सकिएकाे प्रस्ट पार्दै समाजवादको अधार निर्माण गर्न सक्ने एउटा बलियाे शक्ति निर्माण गर्नुपर्ने आवश्यक रहेकाेले नेकपा (एमाले) लाई निर्णायक राष्ट्रिय शक्ति निर्माण गर्ने अभियानमा लागेकाे महासचिव पाेखरेलले बताउनु भयाे ।
नेपालकाे राजनितीक दल मध्य नेपाली समाजलाई बुझेकाे इतिहासको जानकारी राख्ने र भविष्यको निम्ति याेजना बनाउन सक्ने सक्षम नेतृत्वको रूपमा नेकपा ( एमाले ) का अध्यक्ष  केपी शर्मा ओलीकाे नेतृत्वकाे वर्तमान सरकार बनेपछि केही आशा पलाएको बताउदै , उद्योग व्यवसायीहरू आशावादी बनेकाेले मुलुककाे आर्थिक अवस्थामा सुधारका लक्ष्णहरू देखिन थालेकाेले निरन्तर रूपमा ओरालाे लागेकाे अर्थतन्त्र सकारात्मक दिशातर्फ अगाडि बढ्ने सङ्केत देखिएकाेले मुलुककाे राजश्वमा वृद्धि हुन्न थालेकाे समेत महासचिव पाेखरेलले बताउनु भयाे ।




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु