सोमबार ३ भाद्र, २०८१
भदौ ३ काठमाडौं, बालबालिकाको प्रतिभा प्रष्फुटन गराउनका लागि राष्ट्रिय स्तरको कोडिङ प्रतियोगिता हुने भएको छ । डिस्कभरी एजुकेसन नेटवर्क यूके र एडुटेकको सहयोगमा भदौ २१ गते कोडिङ प्रतियोगिता हुन लागेको दूरशिक्षाका प्रमुख कार्यकारी अधिकृत कृष्ण पाण्डेले जानकारी गराउनु भयाे ।
पाण्डेका अनुसार उक्त कम्पिटिशनमा कक्षा २ देखि ९ सम्म (उमेर ७ देखि १४ वर्ष) का विद्यार्थीहरू सहभागी हुन सक्नेछन् । कोडिङ कम्पिटिसनका लागि नेपालको ट्रेनिङ पार्टनरमा आईटी ट्रेनिङ प्रोभाइडर दूरशिक्षा रहेको छ । विद्यार्थीहरूले यो लिंकमा गएर रजिष्ट्रेशन गर्न सक्नेछन् ।
https://ictframe.com/national-coding-competition-registration/
त्यस्तै सेन्टर फर साइबर सेक्युरिटी रिसर्च एन्ड इनोभेसन (सीएसआरआई)का अध्यक्ष प्रा.डा. सुवर्ण शाक्यले यस प्रतिस्पर्धाले बालबालिकालाई कोडिङ सीपमार्फत समस्या समाधान गर्न प्रेरित गर्ने बताए कोडिङको यो प्रतियोगीताले बालबालिकालाई सीप र क्षमताको विकास हुनुका साथै समस्याहरू कसरी समाधान गर्ने भनेर प्रेरित गर्छ। यसकारण कोडिङ प्रतियोगीता गर्नु आवश्यक छ ।