शुक्रबार ३२ श्रावण, २०८१
श्रावण ३२ काठमाडौं , ब्लड डाेनर्स एशाेसिएशन नेपाल ( ब्लाेदान) काठमाडौं जिल्ला शाखाको नवाैं साधारणसभा तथा छैटौं अधिवेशन बाट तिलकबहादुर अधिकारी सर्व सहमत अध्यक्षमा निर्वाचित हुनु भएकाे छ ।
ब्लाेदान काठमाडौं जिल्ला शाखाको अध्यक्ष जनक कुमार खड्काकाे अध्यक्षता , ब्लाेदान केन्द्रीय अध्यक्ष ई. सानुबाबु प्रजापतिकाे प्रमुख आतिथ्यता तथा काठमाडौं जिल्ला सचिव कुष्ण प्रसाद मानन्धरकाे सञ्चालनमा आयाेजना भएकाे नवाैं साधारणसभा तथा छैटौं अधिवेशन बाट अध्यक्षमा अधिकारी सगै उपाध्यक्षमा केशवराज श्रेष्ठ , सचिवमा कुष्ण प्रसाद मानन्धर ,सह - सचिवमा अनिष श्रेष्ठ , काेषाध्यक्षमा सरस्वती गाैतम लगायत १७ सदस्य ब्लाेदान काठमाडौं जिल्ला शाखाकाे टिम सर्व सहमत निर्वाचित भएकाे छ ।
कार्यक्रममा ब्लाेदानकाे बरिस्ठ सल्लाहकार लाेक नारायण सुवेदी , केन्द्रीय सल्लाहकार राजेन्द्रकुमार श्रेष्ठ , उपाध्यक्ष राजेश श्रेष्ठ , उज्जवल केसी , महासचिव केशव महर्जन , सचिव पूरूषाेत्तम खत्री ,बिष्णु राज श्रेष्ठ ,केन्द्रीय सदस्य तथा काठमाडौं जिल्ला इन्चार्ज शंखर महर्जन , केन्द्रीय सदस्य तथा पूर्वी भेग काेटेश्वर क्षेत्रकाे अध्यक्ष रवि रिमाल ,ब्लाेदान भक्तपुर जिल्ला सचिव साेहन रन्जीत , ललितपुर जिल्ला अध्यक्ष साधुराम महर्जन ,सचिव सुकलाल महर्जन ,क्लब २५ नेपाल बाट अग्नेश रन्जीत , टाेखा नगर समितिकाे अध्यक्ष हरिकृष्ण श्रेष्ठ ,तारकेश्वर नगर समितिकाे अध्यक्ष रामलाल महर्जन ,किर्तिपुर नगर समितिकाे निवर्तमान अध्यक्ष उज्जवल महर्जन ,अध्यक्ष कमला महर्जन ,काठमाडौं मध्य क्षेत्रकाे अध्यक्ष आ.वि. ठकुरी , गाेकर्णेश्वर नगर समितिकाे अध्यक्ष सञ्जय पाेखरेल लगायतका अतिथिहरू उपस्थित हुनुभएकाे थियाे।