बुधबार ६ श्रावण, २०८३ (Wednesday July 22, 2026)

सप्ताहव्यापी कार्यक्रमकाे समापन बारेमा सम्पर्क मञ्च द्वारा पत्रकार सम्मेलन ।

बुधबार ९ श्रावण, २०८१ मीन बहादुर श्रेष्ठ , 2153


सप्ताहव्यापी कार्यक्रमकाे समापन बारेमा सम्पर्क मञ्च द्वारा पत्रकार सम्मेलन ।

श्रवण ९ काठमाडौं , नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको जन्म शताब्दी तथा ४६ औं  स्मृति दिवसको अवसरमा नेकपा ( एमाले ) रामेछाप - काठमाडौं सम्पर्क मञ्च द्वारा आयाेजित सप्ताहव्यापी कार्यक्रमकाे समापनमा सम्पर्क मञ्चले पत्रकार सम्मेलन गरि सम्पर्क मञ्चले गरेकाे कार्यक्रमकाे जानकारी गराएकाे छ ।


नेकपा (एमाले )काे स्थायी कमिटी सदस्य तथा सम्पर्क समन्वय कमिटी इन्चार्ज लालबाबु पण्डितकाे प्रमुख आतिथ्यता तथा सम्पर्क मञ्चको अध्यक्ष प्रमाेद भण्डारी (रबिन्द्र )काे अध्यक्षतामा आयाेजना गरिएकाे सप्ताहव्यापी कार्यक्रमकाे समापन तथा पत्रकार सम्मेलनमा सम्पर्क मञ्चको अध्यक्ष भण्डारीले सप्ताहव्यापी कार्यक्रम अन्तर्गत श्रवण एक गते विचार गाेष्टी ,श्रवण दुई गते श्रमिक भेला तथा अन्तरक्रिया कार्यक्रम ,बेलुका श्रमजीवी मजदुर सँग सम्पर्क मञ्च कार्यक्रम ,श्रवण तीन गते सम्पर्क मञ्चको कार्यालय काेटेश्वर बाट किर्तिपुरकाे चम्पादेवी अवस्थित पुष्पलाल स्मृति पार्क सम्म पदयात्रा तथा काेड सभा, श्रवण चार गते अन्तरपालिका वक्तृत्वकला श्रवण पाँच गते बृहत रक्तदान कार्यक्रम ,श्रवण सात गते असाय अनाथ तथा जेष्ठ नागरिकहरू लाई भाेजन तथा फलफूल वितरण र श्रवण सात गते काठमाडौं बाट रामेछापको भंगेरी सम्मकाे यात्रा गरि पुष्पलाल स्मृति पार्क भंगेरीमा वृक्षरोपण गरि समापन भएकाे प्रेस विज्ञप्ति मार्फत जानकारी गराउनु भयाे ।


भण्डारीले रामेछाप - काठमाडौं सम्पर्क मञ्चले पत्रकार सम्मेलन किन र केकाे लागि गरेकाे भन्ने समेत प्रेेस विज्ञप्ति मार्फत जानकारी गराउनु भएकाे थियाे ।
                प्रेस विज्ञप्ति 

 




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु