शुक्रबार ४ बैशाख, २०८३ (Friday April 17, 2026)

एमसिसी पारित भएपछि पत्रकार सम्मेलन गर्दै प्रचण्ड 

सोमबार १६ फाल्गुन, २०७८ विचारवाटिका 2665


एमसिसी पारित भएपछि पत्रकार सम्मेलन गर्दै प्रचण्ड 

फागुन १६ काठमाडौं, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्षकमल दाहाल (प्रचण्ड)ले पत्रकार सम्मेलन गर्ने भएका छन् । एमसिसी पारित भएपछि प्रचण्डले आफ्नै निवास खुमलटारमा पत्रकाहरूलाई भेटघाटमा बोलाएका हुन् ।

पछिल्लो समय एमसिसी पास गर्न प्रचण्डले देखाएको द्वैध चरित्रको आलोचना भएको थियो।

उनले प्रधानमन्त्री शेरबहादुर देउवासँगै एमसिसी पास गर्ने प्रतिबद्धतासहित अमेरिकालाई पठाएको पत्र सार्वजनिक समेत भएको थियो । तर नेकपा माओवादी केन्द्रले संसदीय दलको बैठकमार्फत् एमसिसीको विपक्षमा उभिने निर्णय गरेको थियो ।

माओवादी केन्द्रले एमसिसीको विरोधमा सडक आन्दोलन समेत गरेको थियो ।


 




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु