शनिबार ५ जेष्ठ, २०८१ (Saturday May 18, 2024)

कांग्रेस र एमालेबीचको छलफल सम्पन्न

बिहीबार १२ फाल्गुन, २०७८ विचारवाटिका 1787


कांग्रेस र एमालेबीचको छलफल सम्पन्न

फागुन १२ काठमाडौं, सत्तारुढ नेपाली कांग्रेस र नेकपा एमालेका शीर्ष नेताहरुबीचको छलफल सकिएको छ ।

आज साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा एमालेले जारी राखेको अवरोध खुलाउने र अमेरिकी सहयोग परियेजना एमसीसी पारित गर्ने विषयमा छलफल भएको कांग्रेसका नेता तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताएका छन् ।

छलफलमा प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी पारित गर्न एमालेको साथ मागेका छन् । तर एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूहरुले जे मुद्दा उठाएर संसद अवरोध गरेको छ, त्यो विषय संबोधन नभएकाले संसदीय प्रक्रियामा सहभागी हुन नसक्ने बताएका मन्त्री कार्कीले बताए ।


 




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु