मंगलवार ८ बैशाख, २०८३ (Tuesday April 21, 2026)

दाङमा निर्वाचित भएका तीनजना जनप्रतिनिधिलाई कारबाही

बिहीबार २० माघ, २०७८ विचारवाटिका 2211


दाङमा निर्वाचित भएका तीनजना जनप्रतिनिधिलाई कारबाही

माघ २०, नेकपा एमाले दाङ जिल्लाको जिल्ला कमिटीले पार्टीबाट निर्वाचित भएका तीनजना जनप्रतिनिधिलाई कारबाही गरेको छ ।

तुलसीपुर उपमहानगरपालिकाको कार्यपालिका सदस्य जानुका रेग्मी, डिला परियार र दीपक कुमालले पार्टीको हित विपरीत काम गरेको भन्दै एमालेले कारबाही गरेको हो ।

जिल्ला अध्यक्ष हुकुमबहादुर बस्नेत र सचिव मनोहर बुढाथोकीले आज विज्ञप्ति जारी गरी तीनैजनालाई पार्टीको साधारण सदस्य समेत नरहने गरी कारबाही गरेको जानकारी दिएका छन् ।


 




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु