आईतवार ६ जेष्ठ, २०८१ (Sunday May 19, 2024)

ओलीले गुरुङलाई प्रमुख सचेतकबाट हटाएःभट्टराईलाई दिए जिम्मेवारी

शुक्रबार १४ फाल्गुन, २०७७ bicharbatika 2374


ओलीले गुरुङलाई प्रमुख सचेतकबाट हटाएःभट्टराईलाई दिए जिम्मेवारी

 

१४ फागुन, काठमाडौं । 
नेकपा ओली समूहले संसदीय दलको प्रमुख सचेतकबाट देव गुरुङलाई हटाएको छ ।

संसदीय दलका नेता केपी शर्मा ओलीले गुरुङलाई हटाएर विशाल भट्टराईलाई प्रमुख सचेतकको जिम्मेवारी दिएको प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन ।

गुरुङ, प्रचण्ड–माधव समूहमा थिए । संसद विघटन गर्नुअघि पनि ओलीले गुरुङको राजीनामा मागेका थिए । सर्वोच्च अदालतको फैसलाले संसद पुनर्स्थापना भएपछि नेकपाको विवाद संसदमा सरेपछि ओलीले गुरुङलाई हटाएका हुन् ।

नेकपाको प्रचण्ड–माधव समूहले भने यसअघि नै ओलीलाई संसदीय दलको नेताबाट हटाएकाोथियो भने पुष्पकमल दाहाल प्रचण्डलाई संसदीय दलको नेता चयन गरेको थियो ।




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु